टेनिसीमा नग्न बन्दूकधारीको आक्रमणबाट चारजनाको मृत्यु

टेनिसीमा नग्न बन्दूकधारीको आक्रमणबाट चारजनाको मृत्यु
अमेरिका

अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्नरूपमा आएको बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ ।

घटनामा कम्तिमा तीन जना घाइते भएका छन् ।

अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ ।

आक्रमणकारीलाई घटनास्थलसम्म पुर्‍याएको गाडी २९ बर्षीय ट्राभिस रेङ्किङको नाममा दर्ता रहेको र घटनामा उनको संलग्नता भएको आशङ्कामा उनलाई प्रहरीले खोजी गरिरहेको छ ।

तर घटनाबारे जानकारी गराउँदै परिचय नखुलेको नाङ्गै आएको एक व्यक्तिले विहानै ३ः२५ बजे गोली चलाउँदा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका प्रहरीले ट्वीटरमार्फत जानकारी गराएको छ ।

आक्रमणकारीको हतियार रेष्टुरेन्टका एक जना लगानीकर्ताले खोसेपछि ती व्यक्ति भागेको बताइएको छ ।

Post Comment