कोलोराडो सप्ताहको संपुर्ण तयारी पुरा – आज कलश यात्रा

कोलोराडो सप्ताहको संपुर्ण तयारी पुरा – आज कलश यात्रा
अमेरिका

कोलोरोडो, अप्रिल २८ – नेपाली सामुदायीक भवन निर्माणार्थ कोलोरोडोमा आजबाट श्रीमद्भागवत् महापुराणको आयोजना हुँदै । अप्रिल २८ देखी मे ५ सम्म चल्ने महापुराणको सम्पूर्ण तयारी पुरा भएको आयोजका समितिले जनाएको छ ।

कोलोराडो सप्ताहको कार्य तलिका अनुसार आज पहिले दिन कलश यात्रा सहित सप्ताह उद्घाटन हुँदै छ । वाचन प्रवीण पं. दीनबन्धु पोखरेलद्वार बाचन हुने महापुराणका लागी पं. पोखरेल कोलोराडो आइसक्नु भएको छ ।

भिलेज एक्सेन्ज सेन्टर, १६०९ हावाना स्ट्रिट, अरोरामा हुने सप्ताह को आजको कार्यतालिका निम्न अनुसार छ ।

– पुर्वाङ पूजा – 9.00 a.m. to 11.00 a.m.
– कलश यात्राको तयारी – 11.00 to 11.30 a.m.
– कलश यात्रा – 11.30 a.m. to 12.30 p.m.
– विश्राम – 12.30 p.m. to 1.30 p.m.
– उद्घाटन – 1.30 p.m. to 3.30 p.m.

Post Comment