अभिनेत्री स्टोर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन् ।
आफूलाई धम्की आएको विषयमा ट्रम्पले ट्विटरमार्फत् झुठो बोलेको आरोप उनले लगाएकी छन् ।
डेनियल्सले न्युयोर्कमा सोमबार सो मुद्दा दायर गरेकी हुन् । डेनियल्सले आफूलाई एक व्यक्तिले धम्की दिएको बताएकी थिइन् । ट्रम्पले अप्रिल १८ मा ट्विट गर्दै डेनियल्सकोले झुठो बोलेको बताएका थिए ।
यसअघि ट्रम्पसँगको सम्बन्धबारे डेनियल्सलाई मुख नखोल्ने एक सम्झौताका लागि ट्रम्पका वकिलले १ लाख ३० हजार डलर खर्चेको विषयले चर्चा पाएको थियो ।