कोलोराडो सप्ताहको तेश्रो दिन आज झण्डै एकलाख डलर सहयोग संकलन

कोलोराडो सप्ताहको तेश्रो दिन आज झण्डै एकलाख डलर सहयोग संकलन
अमेरिका

कोलोराडो,मे १, २०१८ – नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको तेश्रो दिन सम्म आईपुग्दा १ लाख ५० हजार डलर भन्दा बढि सहयोग संकलन भएको छ ।

नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा गत आईतबार देखी बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद्भागवत् महापुराणको कथावाचन शुरु भएको हो ।

नेपाली मुलका नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा उनीहरुको बिशेष सहयोगमा यस कार्यक्रम सञ्चालन हुन गएको हो ।

ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बरालको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा आज एनआरएन कोलोराडो च्याप्टर र एनआरएन हेल्पडेक्स कोलोराडोको पहलमा संकलित रकम सामुदायीक भवन निर्माणगर्न ४० हजार डलर दिने घोषणा गरेर अहिले सम्मको संघसंस्था तर्फ ठुलोदाता बनेको छ । कार्यक्रमलाई संम्बोधन गर्दै एनआरएन यूएसए हेल्पडेक्सका केन्द्रिय सदस्य बासुदेब खनाले सहयोग रकम संकलन अभियान निरन्तर रहने बताए । कार्यक्रममा कोलोराडो च्याप्टरका अध्यक्ष लिलाराज ढुङ्गाना, उपाध्यक्ष तथा कोलोराडो च्याप्टर हेल्पडेक्सका संयोजक कुमारजंग कार्की लगायतका टिमको उपस्थिती रहेको थियो ।

त्यसैगरी आज आर एण्ड आर होम केयर तथा मैरिक एडल्ट डे केयरका भेनस मेटावर्सनले नेपाली समुदायले अघि बढाएको अभियानबाट प्रभावीत भई १० हजार डलर सहयोग गरेका छन् । त्यस्तै अन्य दाताहरुमा अध्यक्ष मण्डलका सदस्य डा.बिष्णुबहादुर श्रेष्ठको परिबारबाट ११ हजार १, आर्का सदस्य डा.विजयराज शर्माको परिवारबाट १० हजार १ डलर सहयोग दिने घोषणा गरेका छन् ।

सामुदायिक भवन निर्माण गर्न सहयोगको घोषणा गर्नेहरुमा सोम अर्यालको स–परिबारबाट ५ हजार १, पूर्ण गुरुङको परिवारबाट ५ हजार १ सय, पुष्कर बस्नेतको परिवारबाट १ हजार १ सय ११, नन्दलाल न्यौपानेको परिवारबाट १ हजार १ सय ११, किरात कल्चरल सोसाईटी अफ कोलोराडोबाट १ हजार २५, निर्मल प्याकुरेलको परिवारबाट १ हजार १, राजु थापाको परिवारबाट १ हजार १ र अर्जुन कार्कीको परिवारबाट १ हजार सहयोग भएको कोषाध्यक्ष जगदिश ढकालले बताएका छन् ।

मध्यान्तर पछिको कार्यक्रम कोलोराडो अफ्रीकन अर्गनाईजेशनका शेर मीजारको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । मध्यान्तरको समयमा हनुमान चालिसाका भजन समुहका भक्तजनहरुले भजन प्रस्तुत गरेका थिए । सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिमले खादा पहिराई दिई सम्मान गरेका थिए ।

आजका भक्तजनहरुलाई कोलोराडोस्प्रीङ निवासी पूरुषोत्तम पाण्डेले निशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए । त्यस्तै हिजोको खाना खगेन्द्र गुरुङ हिमचुली रेष्टुरेण्ट अशिम केसी, स्टार अफ ईन्डिया रेष्टुरेन्ट र जगदिश ढकालले उपलब्ध गराएका थिए । आजको् कार्यक्रम सरिता गरुङले सञ्चालन गरेकी थिइन ।

Post Comment