कोलोराडो, मे ४ – अप्रिल २८ मा कलश यात्रा गरी शुरु गरिएको कोलोराडो सप्ताहको अब जम्मा २ दिन बाकी छ ।
बाचन प्रविण पं दीनबन्धु पोखरेलद्वारा बाचन भैरेहेको सप्ताहमा दिन प्रतिदिन जनसहभागिता बड्दो छ । सप्ताहको पहिलो दुई दिन सप्ताहांतमा भएकाले उल्लेखिनिय सहभागिता रहेको थियो भने सोमबार र मंगलबार जनसहभागिता सामान्य रहेता पनि बुधबार र विहिबार भिलेज एक्स्चेन्ज सेन्टर खचाखच भरिएको थियो ।
कोलोराडोमा रहेका सम्पुर्ण संस्थाहरुको आयोजनामा कोलोराडो सप्ताह भैरहेको छ । ५०१(C) सस्ठा ले मात्रै दान (Donation) उठाउन पाउने र १ रुपैयाँ नै दान दिए पनि त्यो अर्को बर्ष को ट्याक्स तिर्ने बेला समायोजन गर्न मिल्ने भएकाले – दान दिइएको रकमको ट्याक्स तिर्न पर्दैन । दान व्यावस्थापन तथा दान दाताहरुलाई ट्याक्सका लागि आवश्यक रसिद उपलब्ध गराउन नेपाली घर संयोजनकारी भूमिकामा रहेको छ ।
शनिवार सकिने सप्ताहमा विहिबारसम्म दान तथा सहयोगको प्रतिबद्धता गरी ३ लाख ७५ हजार उठिसकेको छ ।