अमेरिकी जलसेनाले सेकेन्ड फ्लीट फेरि स्थापना गर्ने बताएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा रुस शक्तिशाली हुँदै गएपछि अमेरिकाले यो कदम उठाएको बताइएको छ ।
जलसेना अभियान प्रमुख एडमिरल जोन रिचर्डसनले यी फ्लीटहरू अमेरिकाको पूर्वी तट र एटलान्टिक क्षेत्रमा सक्रिय रहने बताए ।
यी युद्ध फ्लीटलाई अमेरिकाको खर्च कम गर्नका लागि सन् २०११ मा भंग गरिएको थियो । अब यसलाई पहिलेको मुख्यालय भर्जिनिया प्रान्तको नोरफोकमा नै स्थापित गरिनेछ ।
एडमिरल रिचर्डसनले यो वर्षको राष्ट्रिय सुरक्षा रणनीतिमा स्पष्ट रूपमा अन्तर्राष्ट्रिय स्तरमा शक्तिको प्रतिस्पर्धाको युग फर्किएको लेखिएको बताए ।
अमेरिकाले राष्ट्रिय सुरक्षा रणनीतिमा रुस र चीनसँग प्रतिस्पर्धालाई प्राथमिकतामा राखेको छ ।
बीबीसीका सुरक्षा संवाददाता जोनाथन मार्कसका अनुसार, सेकेन्ड फ्लीटलाई पुनःस्थापित गर्नु अमेरिकाको व्यापक रणनीतिको हिस्सा भएको बताए । यसको केन्द्रमा अब उग्रवादविरोधी अभियानभन्दा पनि अन्तर्राष्ट्रिय शक्तिसंघर्ष रहेको छ ।
संसारका महाशक्तिबीच प्रतिस्पर्धा हुन थालेको छ । हालै रुसले जलसेनाको उपस्थिति बढाएको छ । अमेरिकाले खासमा रुसलाई ध्यानमा राखेर सेकेन्ड फ्लीट स्थापना गरेको हो । नयाँ मुख्यालयबाट आन्ध्र महासागरमा सक्रिय
अमेरिकी युद्धपोतहरूलाई थप सुुसंगत रूपमा सञ्चालन गर्न सकिनेछ ।
नाटोले पनि यस क्षेत्रमा निगरानी गर्नका लागि नयाँ ज्वाइन्ट फोर्सेस कमान्ड स्थापना गर्ने योजना बनाउँदैछ ।
मुख्यालयमा शुरुमा १५ मानिस हुनेछन् र पछि तिनको संख्या बढाएर २०० पु–याइनेछ ।
तर सेकेन्ड फ्लीटको नेतृत्व कसले गर्नेछ र यसमा कुन कुन युद्धजहाज हुनेछन् भनी निश्चित गरिएको छैन ।
बीबीसी हिन्दीबाट