मिसेल ओबामा भन्छिन् : “बाराक ओबामाले जातिवादलाई अन्त्य गर्न सकेनन्”

मिसेल ओबामा भन्छिन् : “बाराक ओबामाले जातिवादलाई अन्त्य गर्न सकेनन्”
अमेरिका

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले अमेरिकालाई बचाउनका लागि कुनै चमत्कारी उम्मेदवारको अपेक्षा नगर्न भनेकी छन् । आफूलाई राष्ट्रपति चुनाव लड्ने कुनै इच्छा नभएको संकेत यसबाट उनले दिएकी हुन् ।

धेरै मानिसहरूले आगामी चुनावमा मिसेलले लड्ने अनुमान गरेका थिए ।

मिसेलले भनिन्, ‘कसले चुनाव लड्दैछ भन्ने विषयले फरक पार्दैन ।’

महिलाहरूको एक भेलालाई सम्बोधन गर्ने क्रममा उनले महिलालाई घर र कार्यालय समेत जहाँ भएपनि महिला सशक्तीकरणका लागि काम गर्न अपील गरिन् । उनले भनिन्, ‘हामीलाई बचाउनका लागि कुनै व्यक्तिको प्रतीक्षा गर्नु बेकार हो । हामीले बाराक ओबामालाई भोट दियौं तर उनले जातिवादलाई अन्त्य गर्न सकेनन् ।’

अमेरिकाकी पूर्व प्रथम महिलाले युनाइटेड स्टेट्स वुमन समिटलाई सम्बोधन गरेकी हुन् । कार्यक्रममा उनलाई रकस्टारलाई जस्तो स्वागत गरियो । समारोहमा लगभग पाँचहजारजना उपस्थित थिए जसमा लगभग सबै महिला थिए ।

मिसेलले भ्यालेन्टाइन डेमा पार्कल्यान्डको हाईस्कूलमा गोलीकाण्डमा मारिएका युवालाई श्रद्धाञ्जलि दिए । सम्मेलनलाई सम्बोधित गर्नेहरूमा जेन फोन्डा र मीटू आन्दोलनकी हस्ती तराना बर्क पनि थिए ।

Post Comment