कोलोराडो, मे १९ – तमु प्ये लु को आयोजनामा ब्लाईड रक्स संस्थाको सहयोगार्थ सत्य कथा आधारित ‘ब्लाईड रक्स’ कोलोराडो प्रदर्शन हुँदै छ ।
बेनिशा हमाल र अर्पण थापा स्टारर फिल्म ‘ब्लाईड रक्स’ चिकित्सकको लावरवाहीले आफ्नो दृष्टि गुमाउने पुगेकी सृष्टि केसीको जिवनका सत्य घटनामा आधारित फिल्म हो ।फिल्म आगामी शनिबार मे २६ – सांझ ५ बजे सेन्ट एन्डरु प्रेस्बिटेरियन चर्च, बोल्डर मा देखाइने छ ।
यस कार्यक्रम बाट उठेको रकम को १५% ब्लाईड रक्स नामक गैर नाफामुलक संस्थालाई सहयोग रहने कुरा आयोजक तमु प्ये लु ले जनाएको छ ।
नेपालमा सफल प्रदर्शन पछी अमेरिकामा कोलोराडो बाट प्रदर्शन सुरवात हुन लागेको ‘ब्लाईड रक्स’ निकेश लिम्बुको प्रस्तुती हो भने मिलन चाम्स निर्देशनले गरेका हुन ।
टिकट का लागी निम्न व्यक्तित्व हरु सँग सम्पर्क गर्नु हुन आयोजक ले अनुरोध गरेको छ ।
चन्द्र गुरुङ – 303-960-9415
बिनोद – 720-771-7898
टाउ – 720-366-3093
Date: Saturday, May 26, 2018
Time: 5:00PM
Location: 3700 Baseline Rd Boulder CO 80303