किम जङलाई ह्वाइट हाउसको भ्रमण निम्तो दिनसक्छु:अमेरिकी राष्ट्रपति ट्रम्प

किम जङलाई ह्वाइट हाउसको भ्रमण निम्तो दिनसक्छु:अमेरिकी राष्ट्रपति ट्रम्प
अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिङ्गापुरमा अर्को साता हुने शिखर बैठक राम्ररी अघि बढे आफूले उत्तर कोरियाली नेता किम जङ अनलाई ह्वाइट हाउसको भ्रमणमा बोलाउनसक्ने बताएका छन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेसँग जुन १२ मा हुने शिखर बैठकबारे छलफल गरेपछि उनले त्यस्तो संकेत दिएका हुन्।

उनले कोरियाली युद्ध अन्त्य गर्नेबारे सम्झौता हुने सम्भावना रहेको भन्दै उनले त्यसलाई वार्ताको ‘सजिलो अंश’ भनेका छन्।

अमेरिका र उसका साझेदारहरूले उत्तर कोरियाले परमाणु अस्त्र त्याग्नुपर्ने बताउँदै आएका छन्।

तर राष्ट्रपति ट्रम्पले त्यसलाई आत्मसाथ गर्न एकभन्दा धेरै बैठक आवश्यक नपर्ने उल्लेख गरे।

ह्वाइट हाउसमा पछि बोल्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले किम जङ अनले परमाणु निश्शस्त्रीकरणका लागि तयार रहेको आफूलाई व्यक्तिगत रुपमा संकेत दिएको बताए।

तर उत्तर कोरिया अमेरिकाले भन्ने गरे जस्तो निश्शस्त्रीकरणको नजिक आइरहेको छ कि छैन भन्ने चाहिँ स्पष्ट भइसकेको छैन।

Post Comment