संखुवासभा कम्यूनिटी अफ यूएसएको तेश्रो साधारण सभा सम्पन्न

संखुवासभा कम्यूनिटी अफ यूएसएको तेश्रो साधारण सभा सम्पन्न
अमेरिका

जुन २४, २०१८ । कोलोराडो, अमेरीका । संखुवासभा कम्यूनिटी अफ यूएसएको तेश्रो साधारण सभा तथा समर पिकनिक आईतबार एक समारोह बिच सम्पन्न भयो ।

कोलोराडोको नर्थग्रेलन्न स्थित रमणिय पार्कमा सगुन डटकमका संयोजक गोबिन्द गिरीको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपालको संखुवासभा जिल्लाबाट अमेरीकोको बिभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसएको तेश्रो अधिवेशन बयोबृद्ध द्धय श्रीमती देवी गौली तथा कृष्णबहादुर श्रेष्ठले पानसमा बत्तीबालेर उद्धाटन गरेका थिए ।
संखुवासभा कम्यूनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा संस्थाको नयां आजिवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरि खादा पहिराई सम्मान गरिएको थियो ।

बिशेष अतिथीको आसनबाट बोल्दै सगुन डटकमका संयोजक गोबिन्द गीरीले आफु नेपालको संखुवासभामा जन्मेर आज सोही जिल्लाका समुदायले आयोजना गरेको भब्य कार्यक्रममा सहभागी हुन पाउंदा ज्यादै खुसीलागेको बताए । उनले भेली बिश्वमा नेपाललाई चिनाउने सगुन डटकम हुनसक्ने बताउदै यसलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

समाजसेवी डा.बिष्णुबहादुर श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागतगरेका थिए भने सचिव हरिकुमार श्रेष्ठले बार्षिक कार्यप्रगती प्रतिवेदन र कोषाध्यक्ष नोयनाथ पोख्रेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्मा, नेपाली जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, सल्लाहकार पुरुषोत्तम पाण्डे, प्रवासी मन्च अमेरिकाका उपाध्यक्ष यमुना भट्टराई, ग्लोवल फोरमका अध्यक्ष तीर्थ बर्मा, नेवा अर्गनाईजेसन माउन्टेण्ड साईका उपाध्यक्ष भुवन श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ लगायत स्थानिय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, सर्वसाधारण, आयोजक संस्थाका पदाधिकारी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थितहुने र कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन् ।

Post Comment