संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले मुसलमान बहुल छवटा सहित विभिन्न आठवटा देशका यात्रुहरूविरुद्ध राष्ट्रपति ट्रम्पले लगाएका प्रतिबन्धहरुलाई झिनो बहुमतको फैसलाबाट सदर गरिदिएको छ।
चारका विरुद्ध पाँच मतका साथ सर्वोच्च अदालतबाट भएको त्यस्तो बहुमतको फैसलाले राष्ट्रपति ट्रम्पको पक्षमा ठूलो जित भएको छ।
यसलाई उनको राष्ट्रपतीयकालमा हालसम्मकै सबैभन्द ठूलो जितमध्येको एक भनिएको छ।
अदालतको फैसलाका अनुसार राष्ट्रपतिले लागु गर्न खोजका यात्रा प्रतिबन्धबाट अमेरिकी आप्रवासन कानून वा देशको संविधानको प्रथम संशोधन बमोजिम सरकारले कुनै पनि धर्मको पक्ष लिन नहुने भन्ने प्रावधानको उल्लंघन भएको छैन।
पाँच परम्परावादी न्यायाधीशहरूको समर्थनसहित एक मतको बहुमतबाट आफ्नो नीतिको पक्षमा फैसला आएपछि राष्ट्रपति ट्रम्पले ट्विटरमा खुशी झल्काउने एक शब्दको सन्देश लेख्दै प्रारम्भिक प्रतिक्रिया जनाएका छन्।