जुलाइमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने

जुलाइमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने
अमेरिका

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम अगामी जुलाइमा घोषणा गर्ने भएका छन् ।

जुलाइको ९ तारिखका दिन न्यायाधिशको नामावली घोषणा गर्ने उहाँले शुक्रबार जानकारी दिएका हुन् ।

‘मैले पाँच जना उम्मेदवारमध्येबाट छानेर नियुक्त गर्ने हो, म सबैलाई मन पराउँछु, तर सबैलाई नियुक्त गर्न सम्भव छैन,’ उनले भने ।

अहिलेका न्यायाधिश एन्टोनी क्यान्डी यसै हप्ता अवकास लिने घोषणा गरेकाले नयाँ न्यायाधिश नियुक्त गर्नुपर्ने भएको हो ।

Post Comment