अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी र ह्वाइट हाउस सल्लाहकार इभान्का ट्रम्पले कडा शब्दमा गोरा जातिवाद, नश्लवाद र नवनाजीवादको निन्दा गरेकी छन् ।
अघिल्लो वर्ष भर्जिनियाको चार्लोट्सभिलमा गोरा जातिवादीहरूको जुलुसका कारण अशान्ति फैलिएको थियो । ह्वाइट हाउसबाहिर आज उग्रदक्षिणपन्थीहरूले जुलुस निकाल्ने भएका छन् ।
इभान्काले ट्वीट गर्दै लेखिन्, ‘चार्लोट्सभिलमा हामीले घृणा, नश्लवाद, कट्टरता र हिंसाको घिनलाग्दो खेल देखेका थियौं । अमेरिकीहरू स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता एवं फरक विचारधारको सम्मान गरिने देशमा बस्न पाउँदा
भाग्यमानी छन् । यो महान् देशमा गोरा जातिवाद, नश्लवाद र नवनाजीवादका लागि स्थान छैन ।’