अमेरिकामा १४ वर्षीय एक बालक गभर्नर बन्नका लागि चुनाव लडिरहेका छन् ।
भर्मोन्ट राज्यका इथन सोनबर्न गभर्नर पदमा लडिरहेका हुन् । भर्मोन्टको विधानमा गभर्नर पदका लागि उमेरको सीमा निर्धारित छैन । गभर्नर बन्नका लागि कम्तीमा चार वर्ष त्यहाँ बसेको हुनुपर्ने मात्र भनिएको छ ।
इथन डेमोक्रेटिक पार्टीबाट उठेका हुन् र उनको लोकप्रियता बढिरहेको छ । उनको प्रतिद्वन्द्वीमा क्रिस्टिन ह्यालक्विस्ट छन् र उनी एक तेस्रोलिंगी हुन् । यसबाहेक वातावरणविद् एथलर र नृत्य उत्सवकी कार्यकारी निर्देशक ब्रेन्डा सीगल पनि चुनावमा उठेका छन् ।
इथनको राजनीतिक सुझबुझ भएपनि उनको उम्मेदवारीले मानिसमा कानूनका छिद्रतर्फ ध्यान खिचेको छ ।
रिपब्लिकन पार्टीका नेता र भर्मोन्टका अहिलेका गभर्नर फिल स्कटलाई १४ वर्षीय उम्मेदवारका बारेमा सोध्दा उनले भने, ‘गभर्नर बन्नुअघि कम्तीमा चालक अनुमतिपत्र पाउन योग्य त हुनुपर्छ नि । यसमा हामीले इमान्दारिताका साथ ध्यान दिनुपर्छ ।