वाशिंगटन डिसी, ४ भदौ । अमेरिकाको डिसी महानगर क्षेत्रको भजिर्निया राज्यको हे मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् ।
खरेल १२ बर्षको उमेरमा अमेरिका आएका हुन् । नेपाल पाल्पा तानसेन घर भएका खरेल भजिर्नियाको मनासस शहर नजिक रहेको हे मार्केट शहरमा आफ्ना मातापिता साथ बस्दछन् ।
१३ बर्ष अघि अमेरिका आएका नेपाली मूलका युवा आयुष खरेल हेमार्केट शहरको योजना आयोगमा सदस्यमा छानिएपछि स्थानीय हे मार्केट विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्ने बताएका छन् ।
खरेलले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेवारी दिएकोले दत्तचित्तका साथ आफूले थप काम गर्ने पनि बताए ।
अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि प्रारम्भिक चरणमा निवेदनपछि अन्तर्वार्ता दिएर उतीर्ण हुनु पर्छ । यो चरण उतीर्णपछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाइमा पारित भएपछि गरिने सिफारिसलाई आधार मानेर नगर प्रमुखले नियुक्ति गर्ने प्रकृया छ ।
नेपाली मूलका मधु पन्थी नगर परिषद सदस्य रहेको उक्त पद रिक्त भएपछि १५ जनाले निवेदन दिएका थिए । खरेललको प्रस्तावकमा मधु पन्थी रहेका थिए । खेरललाई हे मार्केटका नगर प्रमुख डेविड लिकले अन्तिम निर्णय गर्दै मनोनित गरेका हुन्