अमेरिकाको हवाई राज्यमा भारी बर्खा र बाढीका साथसाथै चर्को लहर उठेपछि त्यहाँका मानिस जरूरी सामानहरू एकत्रित गर्न थालेका छन् ।
राष्ट्रिय मौसम सेवाले मंगलवार राति आँधी लेन अझ बलियो भएर श्रेणी पाँच तुफान बन्ने घोषणा गरेपछि भारी विनाश हुने आशंका गरिएको छ ।
तुफान हवाईको राजधानी होनोलुलुभन्दा ८०४ किलोमिटर दक्षिणपूर्वमा छ ।
मौसम विभागका अनुसार, श्रेणी पाँचको तुफानमा छत र पर्खाल भत्किने अनि चर्को हावाले रुख र बिजुलीको खम्बा पनि ढल्न सक्नेछ । बिजुली कैयौं हप्तासम्म नआउने आशंका छ । श्रेणी पाँचको तुफानबाट प्रभावित क्षेत्रमा हप्तौंसम्म र महिनौंसम्म बस्नलायक हुने छैन ।
मंगलवार मौसम विभागले हवाई टापुमा चेतावनी जारी गरेपछि बुधवार मावीमा पनि चेतावनी जारी गरिएको छ ।