ट्रम्प वर्ल्ड टावरका एक पूर्वकर्मचारीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रेम सम्बन्धका विषयमा सनसनीखेज खुलासा गरेका छन् ।
उनी आफू ट्रम्प र पूर्व महिला कामदारबीच प्रेम सम्बन्धको जानकारी राख्ने बताउँछन् । कामदारसँगको यौन सम्बन्धबाट एक बच्चा पनि जन्मेको उनी बताउँछन् ।
सीएनएनका अनुसार, पूर्वकर्मचारी डिनो सजुदिनका वकिलले डिनो अब अमेरिकन मिडिया इन्क (एएमआई) सँगको सम्झौताबाट मुक्त भएको बताएका छन् । यो सम्झौताका कारण उनी कसैसँग पनि ट्रम्पको रहस्यका बारेमा कुराकानी गर्न सक्दैनथिए ।
यो सम्झौता सन् २०१५ को नोभेम्बर १५ मा गरिएको थियो र त्यसमा सजुदिनको कथाका सम्बन्धमा एएमआईसँग विशेष अधिकार रहेको उल्लेख थियो । सम्झौताअनुसार, सजुदिनले ट्रम्पको अवैध सन्तानको बारेमा जानकारी
एएमआईलाई विस्तारपूर्वक बताउनुपर्ने थियो । सम्झौतामा उल्लेख भएअनुसार, सजसदनलाई चुप रहनका लागि ३० हजार डलर भुक्तानी गरिएको थियो ।