नेपाली फ्रेण्डसीप सोसाईटीमा पौडेलको नेतृत्व, नयाँ कार्यसमिति निर्विरोध

नेपाली फ्रेण्डसीप सोसाईटीमा पौडेलको नेतृत्व, नयाँ कार्यसमिति निर्विरोध
अमेरिका

अमेरिकाको सिकागोमा बस्ने नेपालीहरूको संस्था सिकागोल्याण्ड नेपाली फ्रेण्डसीप सोसाईटीको छैटौँ साधारण सभा तथा सम्मेलनले निबर्तमान अध्यक्ष टेकराज पौडेललाई पुनः निर्विरोध निर्वाचित गरेको छ ।

१५ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । प्रथममा उपाध्यक्ष खेमराज पन्थी, द्वितीय उपाध्यक्षमा जगन निरौला र तृतीय उपाध्याक्षमा गोपीचन्द्र भुसाल निर्बिरोध भएका छन् ।

महासचिवमा शिवराज अधिकारी, सचिवमा मीन दर्लामी मगार, कोषाध्यक्षमा मेनका थारु चयन भएका छन् ।

संस्थाको कार्यकारी बोर्डमा बिदुर अधिकारी, सुमन श्रेष्ठ, बिजेन्द्र बिक्रम राणा, मधुकर पौडेल, घनश्याम भट्टराई, त्रिपुरा सुन्दरी पौडेल नारायण खड्का र गोपाल जिसी चयन भएका छन् ।

अगस्ट १९ आईतबार भएको साधरण सभामाको बन्द सत्रमा संस्थाका कोषाध्यक्ष मुकेश चौधरीले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।

संस्थाका अध्यक्ष टेकराज पौडेलले आफ्नो कारायकालमा भएगरेका कामका बारेमा सिएनएफएस बुलेटिनमार्फत प्रतिबेदन पेश गरेका थिए ।

Post Comment