डालस निवासी नेपाली विद्यार्थी सुरजको मृत्यु, शव नेपाल पठाउन सहयोग संकलन

डालस निवासी नेपाली विद्यार्थी सुरजको मृत्यु, शव नेपाल पठाउन सहयोग संकलन
अमेरिका

टेक्सास डालस निवासी २२ बर्षीय नेपाली विद्यार्थी सुरज गमलको मृत्यु भएको छ । टेक्सासको नर्थ लेक कलेजमा अध्ययनरत सुरजको मृत्यु भएपछि शव नेपाल पठाउनका लागि नेपलिज सोसाइटी टेक्ससले गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिरहेको छ ।

सुरज केहीदिन अगाडि अस्पतालमा अत्यन्तै गम्भीर अवस्थामा उपचार गराइरहेको खबर आएको थियो । त्यस लगत्तै उनका बाबुआमाले छोरालाई भेट्नका लागि काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा आवेदन दिएपनि आवेदन प्रकृया नसकिदै सुरजको मृत्यु भएको हो ।

नेपालको तनहु निवासी बमबहादुर गमल र माया गमलका छोरा सुरजको मृत्यु भएपछि बुबाआमा अमेरिका आउनुको साटो शव नै नेपाल पठाउन उपयुक्त ठानी शव पठाउन सहयोग संकलन भइरहेको छ । बुबाआमाको अनुरोध अनुशार नै शव नेपाल पठाउन लागिएको नेपाली समाज टेक्सासले जनाएको छ ।

Post Comment