अमेरिकामा तामाङ समाज केन्द्रिय कार्यालयको उद्घाटन

अमेरिकामा तामाङ समाज केन्द्रिय कार्यालयको उद्घाटन
अमेरिका

प्रवासी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघर संस्थाहरूको स्थापना गरेपनि अधिकांश संघसंस्थाको कार्यालयहरू अहिले सम्म पनि झोलामा मात्रै सिमित रहेको देखिन्छ ।

भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाको ८ सेप्टेम्बर २०१८ को दिन प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदुत पुष्पराज भट्टराईले एक भव्य समारोहको साथ नेपाली डायस्पोराका सामुदायिक गतिविधिलाई पुनर्परिभाषित गर्ने उद्देश्य सहित तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको भव्य रूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा अमेरिकामा रहेका १२ भन्दा बढी संघरसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उद्घाटन समारोहको सुभारम्भमा लामा गुरुहरूबाट शुभ समारोहको पुजाअर्चना गरि औपचारिक कार्यक्रमको सुरुवात गरेका थिए ।

उद्घाटन समारोहको सभापतित्व तामाङ समाज अमेरिकाका अध्यक्ष सानु माया तामाङले गरेकी थिइन् । उद्घाटन समारोहमा पुष्पराज भट्टाराईले नेपाली डायस्पोराका संघ संस्थाहरुले परम्परागत शैली भन्दा फरक ढंगले आफ्नो गतिविधिहरु संचालन गर्नु पर्ने र प्रवासमा रहेको नेपालीहरुले एकता प्रदर्शन गर्न सकेमा सम्पूर्ण नेपालीहरुको निम्ति भलाई हुने बताए ।

कुनै काल खण्डमा कुनै व्यक्ति वा शासकले गरेको त्रुटीलाई मुद्धा बनाएर वर्तमानमा त्यसको क्षतिपुर्ति खोज्नु भन्दा के कसरी आफ्नो समुदाय र समाजलाई अग्रगामी बनाउन सकिन्छ त्यसबारेमा डायस्पोराका आदिवासी समुदायका संघ–संस्थाहरु लागिपरेमा हाम्रो समाज द्रुतगतिमा समृद्ध बन्न सक्ने भट्टराईको धारणा छ ।

तामाङ समाज अमेरिका भर्खरै स्थापना भएको भए पनि यो संस्थाले नेपाली डायस्पोराका संघ संस्थासँग हातेमालो गर्दै सामुदायिक गतिविधिलाई पुनर्परिभाषित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले प्रतिवद्दता जनाइन् ।

Post Comment