अमेरिकामा अाउँदै छ दशक यताकै ठूलो आँधी

अमेरिकामा अाउँदै छ दशक यताकै ठूलो आँधी
अमेरिका

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा फ्लोरेन्स नामको समुद्री आँधी आउने चेतावनी दिइएको छ । पूर्वी तटीय क्षेत्रमा दशक यताकै ठूलो आँधी आउने खतरा रहेको भन्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजान शुरु गरिएको छ ।

नर्थ क्यारोलिना र भिर्जिनियाले आपतकालको घोषणा गरेका छन् भने  साउथ क्यारोलिनाका गभर्नरले राज्यको सम्पूर्ण तटीय क्षेत्र खाली गर्न निर्देशन दिएका छन् । फ्लोरेन्स अहिले श्रेणी चारको आँधी रहेको र १९५ किलोमिटर प्रतिघण्टाको गीतमा हावा चलेको अधिकारीले बताएका छन् ।

हावाको गति बढ्दो क्रममा भएकाले क्षति हुने चेतावनी दिइएको छ । यो आँधी आउँदो बिहीबारसम्ममा क्यारोलिनामा आइपुग्ने अनुमान छ ।

Post Comment