मिडलटनमा गोलीकाण्ड : तीनजना घाइते

मिडलटनमा गोलीकाण्ड : तीनजना घाइते
अमेरिका

अमेरिकाको विस्कन्सिन राज्यमा बुधवार गोलीकाण्ड हुँदा तीनजना घाइते भएका छन् ।

विस्कन्सिनको राजधानी म्याडिसनसँग जोडिएको मिडलटन शहरमा रहेको सफ्टवेयर कम्पनीमा भएको आक्रमणपछि प्रहरी कारवाहीमा संदिग्ध आक्रमणकारीको मृत्यु भएको छ ।

मिडलटन प्रहरी प्रमुख चक फाल्केका अनुसार, बुधवार बिहान साढे १० बजे स्थानीय समयअनुसार सफ्टवेयर कम्पनी डब्ल्युटीएस प्याराडाइममा आक्रमण भएको थियो ।

प्रहरी प्रमुख फाल्केले आक्रमणका बेलामा सील गरिएको एरिया फेरि खोलिएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ ।

Post Comment