विवादमा मुछिएका क्याभानो न्यायाधीश नियुक्त

विवादमा मुछिएका क्याभानो न्यायाधीश नियुक्त
अमेरिका

अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशमा राष्ट्रपति डोनल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो हप्तौँदेखिको तीखो बहसपछि अनुमोदित भइ शपथ लिएका छन्।

अमेरिकी सिनेटले ४८ का विरुद्ध ५० मतले क्याभानोको मनोनयनलाई अनुमोदन गरेको छ।

क्याभानोमाथि यौन दुर्व्यवहारको आरोप लगाइएको थियो, जुन आरोपलाई उनी अस्वीकार गर्छन्।

तर नियुक्तिबारे निर्णयमा पुग्न नसकेका दुईजना सिनेटरले संघीय अनुसन्धान निकाय एफबीआईले ११ घण्टा लगाएर गरेको एउटा अनुसन्धानपछि क्याभानोलाई समर्थन गर्ने निधो गरे।

उनको नियुक्तिले अमेरिकामा आउँदो नोभेम्बरमा हुने महत्त्वपूर्ण मध्यावधि चुनावअघि राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा राजनीतिक जित दिलाएको छ।

Post Comment