युएस नेपाल न्युज । बिगत लामो समयदेखी गरिब दिनदु:खी र असहाएको मलमपट्टी बन्दै आउनुभएका अमेरिका निवासी बरिष्ट समाजसेवी हेम थापा र माया दापा दम्पत्तीले पुन: सहयोग गर्नु भएको छ । गायक तथा सामाजिक अभियन्ता निलमणी भण्डारीको नाममा शनिबार पुन सहयोगको रकम पठाएको बरिष्ठ समाजसेवी हेम थापाले हामीलाई जानकारी दिनुभयो ।
उहाँहरुले यसपटक रु. ८०,०००/- (असी हजार रुपैया) सहयोग गर्नु भएको हो । जसमध्ये ५०,०००/- ( रुपैयाँ पचास हजार) हेप्पी चिल्ड्रेन होम बनेपाका साना-साना नानीहरुको लागि र २०,०००/- ( रुपैयाँ बिस हजार) पिडित शुभद्रा पौडेलको लागी र बाकी रहेक १०,०००/- (दश हजार) शोनि ‘अभागी’ लामाको लागी पठाइएको हो। स्मरण रहोस वरिष्ठ समाजसेवी हेम थापा र मायाँ थापाको दम्पत्तीले आफ्नै कमाईको करोडौ रकम पटक पटक गरि समाजसेवामा खर्च गरिसक्नु भएको छ।