पेन्सिलभिनियामा अन्धाधुन्ध गोली चल्यो, ११ जनाको मृत्यु

पेन्सिलभिनियामा अन्धाधुन्ध गोली चल्यो, ११ जनाको मृत्यु
अमेरिका

पेन्सिलभिनियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गएको छ ।

प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको जनाएको छ । तर, उनको परिचय भने खुलाइएको छैन । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ ।

घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ । यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली चलेको बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुले ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोबर्स रहेको बताएका छन् ।

Post Comment