अमेरिकामा जन्मेको आधारमा स्वतः अमेरिकी नागरिकता पाइने प्रावधान हटाउने ट्रम्पको तयारी

अमेरिकामा जन्मेको आधारमा स्वतः अमेरिकी नागरिकता पाइने प्रावधान हटाउने ट्रम्पको तयारी
अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानको नागरिकतासम्बन्धि अधिकार अन्त्य गर्नेबारे आफूले विचार गरिरहेको बताएका छन् ।

ट्रम्पले अवैध आप्रवासी र अस्थायी भिसा भएका आमाबुवाका सन्तानले अमेरिकामा जन्मेको आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने प्रावधान आफूले अन्त्य गर्नेबारे सोचबिचार गरिरहेको उनले बताएका छन् ।

एक वेबसाइटसँगको अन्तर्वार्तामा ट्रम्पले कंग्रेसको अनुमोदनबिना नै एक कार्यकारी आदेशमार्फत यसबारे निर्णय गर्न सकिने उनका सल्लाहकारले आश्वस्त तुल्याएको बताएका छन् ।

तर राष्ट्रपतिले विधायिकाको अनुमोदनबिना आफ्नो एकल निर्णयले त्यस्तो कानुन परिवर्तन गर्न सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट छैन ।

संविधान संशोधन मार्फत सन् १८८६ देखि कायम रहेको जन्मसिद्ध नागरिकताको अधिकारसम्बन्धी प्रावधान उल्टाउन सक्ने  अधिकार  राष्ट्रपतिसँग नरहेको धेरैजसो विज्ञहरूको विश्वास छ।

अमेरिकी संविधानअनुसार अमेरिकामा जन्मेका र अंगीकृत नागरिकता लिएका सबै मानिस अमेरिकी नागरिक हुन् ।

Post Comment