ट्रम्पपत्नीले हटाउन लगाइन् सुरक्षा उपसल्लाहकार

ट्रम्पपत्नीले हटाउन लगाइन् सुरक्षा उपसल्लाहकार
अमेरिका

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले एक शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीलाई जागिरबाट निकाल्न माग राखेकी छन् ।

अमेरिकी मिडिया रिपोर्टहरूका अनुसार, अक्टोबर महिनामा अफ्रिका भ्रमणका क्रममा अमेरिकाकी प्रथम महिला मेलानिया र राष्ट्रिय सुरक्षा उपसल्लाहकार मीरा रिकार्डेलबीच झगडा भएको थियो ।

ह्वाइट हाउस र राष्ट्रिय सुरक्षा परिषद्ले यस घटनाक्रममा कुनै टिप्पणी गरेको छैन ।

ह्वाइट हाउसको वेस्ट विंगमा केही ठूला परिवर्तन हुन लागेका छन् । चीफ अफ स्टाफ जोन केली वा होमल्यान्ड सेक्युरिटीका प्रमुख कर्स्टजेन नील्सन पदमुक्त हुने सम्भावना छ ।

रिकार्डेल विगत सात महिनादेखि राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको नेतृत्वमा रहेको शक्तिशाली राष्ट्रिय सुरक्षा परिषद्की सदस्य हुन् ।

रिपोटहरूका अनुसार, मेलानिया र मीराबीच अफ्रिका यात्राका बेलामा विमानको सीटमा बस्ने विषयमा चर्काचर्की परेको थियो ।

त्यसै यात्राका क्रममा एबीसी नेटवर्कसँग कुरा गर्दै मेलानियाले ह्वाइट हाउसमा केही मानिसमाथि आफूले विश्वास नगर्ने बताएकी थिइन् ।

मंगलवार द वाल स्ट्रीट जर्नलमा प्रकाशित एक रिपोर्टमा मेलानियालाई आफूविरुद्ध अनि ह्वाइट हाउसविरुद्ध आउने समाचारमा मीरा रिकार्डेलको हात रहेको शंका छ ।

पत्रिकाले रिपोर्टमा रक्षामन्त्री जेम्स म्याट्टिससँग रक्षानीतिका विषयमा पनि झगडा हुने गरेको लेखेको थियो ।

बीबीसी हिन्दीबाट

Post Comment