अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय कार्यकारी मङ्ग वान्जूको मुद्दामा हस्तक्षेप गर्न सक्ने संकेत दिएका छन्। “देशको लागि जे राम्रो हुन्छ म त्यही नै गर्छु,” ट्रम्पले भने।
४६ वर्षिय मङ्ग ह्वावेकी संस्थापककी छोरी हुन्। उनीविरुद्ध प्रतिबन्धहरुको बेवास्ता गर्दै इरानलाई टेलिकम सामाना बेच्ने एक कम्पनीसँगको सम्बन्ध ढाकछोप गरेको आरोप लगाइएको छ। अमेरिकाले सुपुर्दगी गर्न अनुरोध गरेपछि गत उनी डिसेम्बर १ तारिखमा भ्यान्कुबरमा पक्राउ परेकी थिइन्। त्यो कदमले कूटनैतिक तनाव बढाएको थियो। मङ्गले ती आरोपहरू अस्वीकार गर्दै आएकी छिन्। उनलाई अमेरिका सुपुर्दगी गर्ने योजना बनाइएको छ।
टाइम म्यागजिनले हत्या गरिएका, थुनामा रहेका र टार्गेटमा परेका पत्रकारहरूलाई ‘पर्सन अफ दी इयर २०१८’ घोषित गरिएको छ । टर्कीस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्गीलाई टाइमको वर्ष व्यक्तिमा परेका हुन । वासिङ्टन पोस्टका स्तम्भकार साउदी पत्रकार खसोग्गीको गत अक्टोवरमा हत्या भएको थियो ।
सीएनएनकी पूर्व ब्यूरो चीफ रेजा २०१२ देखि आफ्नै अनलाइन सञ्चालन गरेकी छन् । म्यानमारका पत्रकारद्वय भने रोहिङ्ग्याको विषयमा रिर्पोटिङ गरेका कारण थुनामा परेका हुन् ।
बुधबार बिहान पूर्वी टेनेसीमा ४ दशमलब ४ म्याग्नच्युडको भुकम्पको धक्का महशुस गरिएको छ । उक्त भुकम्प पछिल्लो ४५ वर्ष यतका कै शक्तिशाली मानिएको छ ।
स्थानिय समय अनुसार बिहान ४ बजेर १४ मिनेटको समयमा भुकम्प धक्का महशुस गरिएको हो । भुकम्पबा कुनैपनि क्षती भने नभएको अधिकारीहरुले बताएका छन् ।
गुगलको सर्च अल्गोरिदमले कसरी काम गर्छ भनेर बुझ्ने प्रयासमा एक डेमोक्रेटिक सांसदले उक्त कम्पनीका सीईओलाई एक साधरण प्रश्न सोधिन्,‘यदि तपाईले तस्विरको तल ‘इडियट’ गुगल गर्नुभयो भने डोनाल्ड ट्रम्पको तस्विर आउँछ । त्यो कसरी हुन्छ ? सर्चले के गरेर त्यस्तो सम्भव हुन्छ ?’
गोप्यता र तथ्यांक संकलन सम्बन्धमा प्रविधि कम्पनीका प्रमुखहरुलाई अमेरिकी संसद कंग्रेसमा बोलाएर हाल भइरहेको सुनुवाईबीच क्यालिफोर्निया राज्यकी डेमोक्रेटिक पार्टीकी प्रतिनिधि जोई लोफग्रेनले आफ्नो प्रश्नलाई पुष्टि गर्नको लागि डाईसबाटै ‘इडियट’ सर्च गरिन् । नभन्दै तस्विरको सर्च परिणामका अधिकांश फोटो ट्रम्पको थियो ।
मंगलबार गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाई अमेरिकी कंग्रेसको न्यायिक समिति अघि सुनुवाईका लागि उपस्थित थिए । प्रश्न सुनेपछि उनले कोठाभरि रहेका प्रविधि सम्बन्धमा आलोकाँचा सांसदहरुलाई अल्गोरिदमले कसरी लगभग २०० तत्वलाई आधार बनाएर सर्च परिणाम देखाउँछ भनेर व्याख्या गर्ने प्रयास गरे । उनले ती तत्वहरुमा महत्वपूर्ण कुरा उपयुक्ततता, लोकप्रियता, अरुले सर्च गर्दा धेरै प्रयोग गर्ने पदावालीको उल्लेख गर्दै यी कुराहरुले सबैभन्दा उपयुक्त परिणाम प्रदान गर्ने बताए ।
‘त्यसो भए प्रयोगकर्ताहरुलाई के देखाउ्ने भन्ने कुरा कुनै एकजनाले पर्दा पछाडि बसेर निर्धारण गर्दैन होइन त ? यो प्रयोगकर्ताहरु आफैंले गरेको सर्चले निर्धारण गर्छ ?’ जोफ्ग्रेनले ठट्टा गर्दै सोधे । गुगलका कर्मचारीहरुले राजनीतिक उदेश्यबाट प्रेरित भएर सर्चलाई प्रभावित गर्नेबारे रिपब्लिकनहरुले राखेको प्रश्नमा जोफ्ग्रेनले यो प्रतिक्रिया दिएका थिए ।
यो सुनुवाईका क्रम सांसदहरुमा इन्टरनेटले कसरी काम गर्छ भन्ने अत्यन्त कम जानकारी भएको देखिइरहेको थियो । त्यही भएर उनीहरुको प्रश्न गुगलका सर्चबारेमा नै बढी केन्द्रित भइरहेको थियो । एक प्रसंगमा टेक्ससका रिपब्लिकन प्रतिनिधि लामार स्मिथले पिचाईलाई उनले विगतमा कुनै समय सर्च परिणाम बदल्न निर्देशन दिएका थिए भनेर सोधे ? जवाफमा पिचाईले कुनै एक व्यक्ति अझ केही व्यक्तिहरुको एक समूहले सर्चलाई प्रभावित पार्न नसक्ने बताए ।