एरिजोनामा एक दशकदेखि कोमामा रहेकी महिलाले बच्चा जन्माएपछि…

एरिजोनामा एक दशकदेखि कोमामा रहेकी महिलाले बच्चा जन्माएपछि…
अमेरिका

दशकौंदेखि अस्पतालमा कोमामा रहेकी एक महिलाले बच्चा जन्माएपछि शनिबारअमेरिकोको  एरिजोनास्थित फिनिक्स प्रहरीले यौन हिंसा मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

एक दशकअघि डुबेर असक्त भएकी ती महिला हेसिएन्डा हेल्थकेयर अस्पतालको कोमामा थिइन् । स्थानीय मिडियाका अनुसार डिसेम्बर २९ मा उनलाई गर्वको कारण प्रसव पीडा सुरु भएको थियो ।

रिपोर्ट अनुसार त्यस अघि कसैलाई पनि उनी गर्भवति भएको थाहै थिएन । त्यही कारणले स्वाथ्यकर्मीहरु उनको पीडाको आवाज सुनेर, त्यसको कारणलाई लिएर अलमलमा परेकी थिइन् ।

हेसिएण्डा हेल्थकेयरका प्रवक्ता डेभिड लेइबोविचले आफूहरुलाई यस ‘अत्यन्त घृणीत घटना’बारे हालैमात्र जानकारी भएको र यसमा आफूहरुको एक स्टाफको संलग्नता रहेको बताए ।

उनले शंकास्पद कर्मचारीलाई डीएनए परीक्षण गर्न भनिएको नभनिएकोबारे बताउन अस्वीकार गरे ।

“संघीय र राज्यका गोपनीय कानुनहरुले हामीलाई सार्वजनिक रुपमा बिरामीको स्वास्थ र केसबारे कुरा गर्न बन्देज लगाएको छ । हेसिएन्डाले कानुन प्रशासन तथा अन्य सबै सान्दर्भिक नियामक एजेन्सीहरुसँग यो सन्दर्भमा निरन्तर पूर्ण सहकार्य गरेको छ र पछि पनि गर्नेछ ,” लेइवोनिचले इमलेमा भने ।

‘एरिजोना कोलिसन टु इण्ड सेक्सुअल एण्ड डोमेस्टिक भ्वाइलेन्स’का प्रमुख रणनीतिक अधिकृत तथा पीडित वकिल ताशा मेनकरले अस्पतालमा रोजगार सम्पूर्ण पुरुषको डीएनए परिक्षण गरिनुपर्ने बताइन् ।

हेसिएन्डा हेल्थकेयरले आफूलाई एरिजोना राज्यमा नाजूक र दीर्घ रोगीका साथसाथै वौद्धिक र विकासात्मक असक्तता भएका शिशु, बालबालिका, किशोरकिशोरी तथा युवाहरुलाई प्रदान गरिने विशेष चिकित्सक सेवाको प्रमुख प्रदायकको रुपमा व्याख्या गरेको छ ।

एरिजोना राज्यका गर्भनरका प्रवक्ता डग डुसेले रिपोर्ट ‘अत्यन्त चिन्ताजनक’ भएको र राज्यले बिरामीका सुरक्षाको प्रत्याभूत गर्नका लागि कन्ट्रयाक्ट र नियामक अधिकारबारे पुनरमूल्याङ्कन गर्ने बताए ।

Post Comment