क्यालिफोर्नियाका राष्ट्रिय एकता दिवस तथा पृथ्वी जन्मजयन्ती मनाइयो

क्यालिफोर्नियाका राष्ट्रिय एकता दिवस तथा पृथ्वी जन्मजयन्ती मनाइयो
अमेरिका

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रासिस्को वे एरिया निवासी नेपालीहरूले राष्ट्रिय एकताका प्रतिक तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको २९७ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।

वे एयिामा कृयासिल सामाजिक संस्थाहरू मंदरल्यान्ड नेपाल नेपाल विश्व सहयोग संघ ,पश्चिम अमेरिका नेपाली महासंघ लायन्स क्लव अफ सानलियान्ड्रो मनकामना ले उक्त कार्यक्रमको आयोजना गरेका हुन ।

उक्त अवसरमा शिक्षाविद सुरेश भट्टले पृथ्वीनारायण शाहको योगदानमाथी प्रकाश पारेका थिए । उनले धर्म प्रचारकहरूले नेपालको इतिहासलाई गलत ढंगले लेखेर नेपालीहरूलाई विखण्डन गर्न प्रयास गरेको बताए । पृथ्वीनारायण शाहले आधुनिक नेपालको निमार्ण नगरेको भए आज हामी नेपाली भनेर गर्व गर्न नपाउने बताए ।

पृथ्वी वर्ष व्यक्ति अग्रणी समाजसेवी उत्तम कार्कीले नेपाली एकता दिवसबाट प्रेरणा लिएर नेपाली समाजले वे एरियामा नेपाली कम्यिुनिटी सेन्टर बनाउन झण्डै १७ सय हजार डलर जम्मा पारेको बताए ।

कार्यक्रमका सभापति मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व प्रर्यटन दुत अनिल पाण्डेले राष्ट्रिय एकताका प्रतिक बडामहाराज पृथ्वीनारायण शाहको जन्मजयन्तीमा नेपाल सरकारले राष्ट्रिय विदा दिनु पर्ने बताए ।

सहभागीहरूलाई स्वागत गर्दै प्रिन्स युवराज कार्कीले इतिहास बिस्यौ भने हामी पनि बिर्सिइने छौ भन्ने कुरामा जोड दिए । यसै गरी समाजसेवी रविन्द्र राईले पृथ्वीनारायण शाह एकताको प्रतिक भएको भन्दै पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा पूर्वी नेपालमा रहेका किंरात राज्यहरुलाई कुटनितिक ढंगले नेपालमा समाबेस गरेका कारण पूर्वेलीहरुले नेपाली भन्न पाएकोमा गर्व गरेको बताए । व्यवसायी नारायण सोनामीले आफू व्यवसायी भएको र राष्ट्र निर्माताको कारण आजको नेपाल सम्भव भएकोले आफ्नो कार्यलयमा पृथ्वीनारायण शाहको फोटो राख्ने गरेको बताए ।

युवा समाजसेवी राजेन्द्र जोशीले राष्ट्र निर्माता गोर्खाका राजा भएर पनि काठमाण्डौलाई नेपालको राजधानी बनाएको तथा नेवारी परम्पराको देवी कुमारी प्रथालाई निरन्तरता दिएको विषयलाई उल्लेख गर्दै पृथ्वीनारायण शाह समावेशीतामा जोड दिने राजा भएको बताए । पत्रकार प्रेम परिवारले पृथ्वीनारायण शाहलाई स्मरण गरिरहदा नेपाल एकिकरणको क्रममा विसे नगर्चीले पुर्याएको योगदानलाई पनि भुल्न नहुने बताए ।

गुरु¥ङ समाजकी सुनीता गुरु¥ङले नयाँ पुस्तालाई समेत एकता दिवसको वारेमा बताउँदै जानु पर्ने बताइन । अर्का वक्ता सुजित सिंहले एतिहास मेटाइयो भने हाम्रो भविष्य पनि मेटिने भएकोले एकता दिवस प्रति गर्व गर्नु पर्ने बताए । उमेरले सबभन्दा सानी वक्ता मनसुन पाण्डेले अमेरिकामा भएका नेपालीहरुले समग्र नेपालको प्रतिनिधित्व गर्ने भएकोले सबै नेपालीले असल आचरण गर्नु पर्नेमा जोड दिइन ।

सोही कार्यक्रममा वे एरियामा रही नेपाली समाजमा उल्लेख्य योगदान तथा अनवरत रुपमा राष्ट्र निमार्ताको गरिमा वृद्धी गर्न विशेष भुमिका निवार्ह गरेको उपलक्ष्यमा पश्चिम अमेरिका नेपाली महासंघका अध्यक्ष तथा समाजसेवी उत्तम कार्कीलाई पृथ्वी गौरव सम्मान तथा वर्ष पुरुष २०१८ ले सम्मानित गरियो । यसैगरी सर्वज्ञ वाग्ले,हलिवुड खबरका कृष्ण केसी ,सागर श्रेष्ठ, प्रेम परिवार ,केशव कार्की, मनसुन पाण्डे र सज्जन पाण्डे लगाएतका सञ्चारकर्मीहरुलाई पनि सम्मान गरियो । समाजमा सकरात्मक सन्देश प्रकाशन गरी नेपाली नेपाली बिच एकताको संदेश फैल्याउन सहयोग गरेको भनी उनीहरुलाइ सम्मान गएिको बताइएको थियो ।

डिकेन्द्र मास्के, तारा बराल, गीता ढंगोल, दुर्गा दाहाल, राजेन्द्र थापा, मणी पनेरू, टकं भण्डारी, लक्ष्मी केसी–कार्की , पृतेश कार्की , दुर्गा दाहाल, , पुनम शाक्य लगाएतका वक्ताहरुले आफ्नो भनाइ राख्दै एकता दिवसको शुभकामना दिएका थिए ।

कलाकार तथा सक्रिय समाजसेवी लक्ष्मी खरेल ले कार्यक्रमको सुरुमा राष्ट्रिय गान गाउनु भएको थियो । यसै गरि समाज सेवी हेमा पनेरु र एनडब्लुजीएन क्यालिफोर्निया शाखाकि अध्यक्ष गीता डंगोल ले एकता दिवसको बारेमा शसक्त रुपमा बोल्नु भएको थियो । संजिव लाल चन्द तथा मनसुन पाण्डेले तस्बिर खिची सहयोग गर्नु भएको थियो । उक्त कार्यक्रम संचालक चन्द्र धितालले गरेका थिए ।

Post Comment