अमेरिकाको मध्य तथा पूर्वी क्षेत्रमा जनजीवन अस्तव्यस्त, हिम आँधीका १० जनाको मृत्यु

अमेरिकाको मध्य तथा पूर्वी क्षेत्रमा जनजीवन अस्तव्यस्त, हिम आँधीका  १० जनाको मृत्यु
अमेरिका

अमेरिकाको मध्य तथा पूर्वी क्षेत्रमा आएको हिम आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलोनोइस राज्यका प्रहरी समेत छन् । विभिन्न राजमार्ग हिउँले भरिएकाले थुप्रै ठाउँमा सडक दुर्घटना भएको छ ।

मिजौरी, कान्सास, आयोवा, इलिनोईस, इण्डियाना, ओहायो, भजिर्निया, मेरील्याण्ड, र डिसी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

हिम आँधीका कारण शैक्षिक संस्था र कलकारखाना बन्द हुनुका साथै सयौं हवाई उडान रद्ध भएका छन् ।

विद्युत आपूर्ति बन्द हुंदा कान्सासदेखी डिसी क्षेत्रसम्मका लाखौं जनता प्रभावित भएका छन् ।

हिउँका कारण अबरुद्ध सडक सुचालु गर्न सयौंको संख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको

Post Comment