ट्रम्पविरुद्ध प्रदर्शन: अपेक्षा गरेभन्दा आए कम मानिस

ट्रम्पविरुद्ध प्रदर्शन: अपेक्षा गरेभन्दा आए कम मानिस
अमेरिका

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिविरुद्ध तथा महिला अधिकारको समर्थनमा तेस्रो वार्षिक महिला जुलुसमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । राजधानी वाशिङटन डीसी र लगभग ३०० अन्य शहरमा हजारौं मानिसले प्रदर्शन गरे ।

द वाशिङटन पोस्टको रिपोर्टअनुसार, आयोजकहरूलाई जुलुसमा अझ धेरै मानिस आउने अपेक्षा छ । ट्रम्पले  राष्ट्रपति पदको शपथ लिनुभन्दा एक दिनअघि विरोध प्रदर्शनमा आए जति मानिस आउने अपेक्षा उनीहरूको थियो ।


शनिवारको जुलुसमा मानिसको संख्या केही हजार मात्र थियो । न्युयोर्क, लस एन्जेलेस, एट्लान्टा, फिलाडेल्फिया र अन्य शहरमा प्रदर्शनको प्रभाव कम देखियो ।

मुख्य प्रदर्शन ह्वाइट हाउस नजिक फ्रीडम प्लाजामा भयो । आयोजकहरूले ह्वाइट हाउसलाई राजधानीसँग जोड्ने पेन्सिल्भेनिया एभेन्युनजिक एक मञ्च बनाएका थिए । प्रदर्शनकारीहरूले गुलाफी रंगको ऊनी टोपी लगाएका थिए अनि विभिन्न किसिमका पोस्टर समातेका थिए ।

प्रदर्शन गर्नेहरूले आफ्नो गर्भाशयको आफैं रक्षा गर, हामी सबैका लागि समानता माग्छौं लगायतका नारा लेखिएका पोस्टर बोकेका थिए ।

Post Comment