ट्रम्पले नेपाललाई ‘निप्पल’ भन्दा ताते अन्तर्राष्ट्रिय मिडियाहरू

ट्रम्पले नेपाललाई ‘निप्पल’ भन्दा ताते अन्तर्राष्ट्रिय मिडियाहरू
अमेरिका

 भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध नेकपा बोल्दा नेपाली मिडिया तातिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाललाई ‘निप्पल’ भनेको र भारतको एउटा भूभागमात्र ठानेको विषयले अन्तर्राष्ट्रिय मिडिया तातेका छन् ।

चार बर्ष अघि २०१४ मा ट्रम्पले दिएको अभिव्यक्ति अहिले विभिन्न मिडियामा आएका छन् । उनले नेपाललाई निप्पल भनिरहँदा भुटानलाई बटन भनेको विषय पनि उल्लेख छन् ।

ट्रम्पले नेपाल र भुटानका विषयमा गलत उच्चारण गरेको भन्दै बेलायतबाट सञ्चालित डेली मेलको अनलाइन संस्करणले सीएनएनमा टाइम म्यागेजिनका रिपोर्टरको टिप्पणीबारे लेख्छ– सुरक्षा स्रोतका अनुसार ट्रम्पले नेपाललाई निप्पल र भुटानलाई बटन भनी दाबी गरिएको छ ।

उसले अगाडी लेखेको छ– राष्ट्रपतिले गलत हिसाबले दुवै राष्ट्रलाई भारतको भूभाग रहेको भनी दाबी गरिएको विदेश नीति तथा राष्ट्रिय सुरक्षा मामिला संवाददाता जोन वालकोटले बताएका छन् ।

सीएनएनमा वालकोटको संक्षिप्त अन्तरवार्तालाई धेरै मिडियाले प्रमूख समाचारका रूपमा प्रकाशन र प्रशारण गरेका छन् । ति मिडियाहरूले उक्त भिडियो फुटेजलाई पनि स्थान दिएका छन् ।

यो समाचारलाई तताउनेमा ‘द क्वीन्ट, इन्डिहन्द्रेड, हफिङटन पोस्ट, मासहेबल, मेट्रो (बेलायत), न्युजभाइस, न्युज १८ (इन्डिया), द इन्डिपेन्टेन्टलगायत छन् ।

यसै पनि राष्ट्रिय सुरक्षानिकायका अधिकारीलाई पढ्नका लागि सुझाव दिएको अभिव्यक्तिका कारणा चर्चा र विवादमा रहेका ट्रम्पका हरक दिनका अभिव्यक्ति चर्चामा रहँदै आएका छन् ।

उता, ट्रम्पको राजनीतिक नीति र प्रशासनका सन्दर्भमा गरिएको एउटा अध्ययनले ५० प्रतिशत भन्दा बढी अमेरिकी नागरिकले उनको आलोचना गरेको रिपोर्ट पनि आएको छ । त्यस्तै, १९ प्रतिशतले मात्र उनको प्रशासनको पक्षमा बोलेका छन् भने, बाँकीले उनका कामको आलोचनामात्र गरेको बताइएको छ । यो अध्ययन केही बर्ष लगाएर सीएनएनले गरेको मिडिया रिपोर्टहरूमा उल्लेख छ ।

Post Comment