अमेरिकी सिनेटर एलिजाबेथ वारेनले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनको चुनावी अभियान औपचारिक रुपमा शुरु गरेकी छिन् । उनले आर्थिक असमानता कम गर्ने विषय आफ्नो प्रमुख चुनावी मुद्दा हुने बताएकी छिन् ।
केही डेमोक्र्याटहरुले यसअघि नै राष्ट्रपतिको चुनावमा उम्मेदवार हुन प्रतिष्पर्धा गर्ने बताइसकेका छन् । वारेनको उम्मेदवारी घोषणा अघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पमा टिमले उनीमाथि आक्रमण शुरु गरिसकेका छन् ।
वारेनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको टिमले ढाेंगी भन्दै आलोचना गरेको छ ।वारेनलाई सन् २०२० मा हुने चुनावमा राष्ट्रपति टम्पसँगको सम्भावित विपक्षी उम्मेदवारको रुपमा लिइन्छ ।
जलवायु परिवर्तनलाई नियन्त्रण गर्न नयाँ सम्झौता, धनीहरुलाई करमा वृद्धि, स्वास्थ्य सेवा क्षेत्रमा सुधार, बढ्दो आर्थिक असमानतालाई कम गर्ने जस्ता विषय उनको प्रमुख चुनावी मुद्दा रहेका छन् । वारेन सन् २०१२ देखि म्यासच्युसेट राज्यबाट सिनेटमा जित्दै आएकी छिन् ।