अमेरिकामा पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखिएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्प र प्रतिपक्षी डेमोक्र्याट्सबीचको तनावका कारण पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखा परेको हो ।
यसअघि दुवै पक्षबीच भएका वार्ताहरु निष्कर्षविहीन हुँदै आएका छन् । दुवै पक्षबीच भएका वार्तामा अहिलेसम्म कुनै निष्कर्ष निस्कन नसकेको आँकलन गरिएको छ ।
दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि यसअघि ३ साताका लागि स्थगन गरिएको खर्चबन्दी पुनः लम्बिन सक्ने चिन्ता बढेको बताइएको छ ।
आर्थिक संकटलाई थप लम्बिन नदिन र पुनः सरकारी खर्चबन्दी बन्द हुन नदिन आगामी शुक्रबारसम्म ठोस निर्णय गर्नैपर्ने बाध्यता दुवै पक्षलाई छ ।
त्यसो हुन नसके राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा संकटकाल घोषणा गरी वैकल्पिक उपायमार्फत सीमामा पर्खाल लगाउने प्रक्रिया अघि बढाउन सक्ने सम्भावना रहेको जनाइएको छ
मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने खर्चसम्बन्धी विधेयकमा डेमोक्र्याटहरुको असहमतिका कारण संसद्बाट पास नभएपछि राष्ट्रपति ट्रम्पले संघीय बजेट पास नगर्दा ३५ दिनसम्म सरकारी कामकाज ठप्प भएको थियो ।
पछिल्लो पटक यस सम्बन्धमा छलफल गरी निष्कर्ष निकाल्ने भन्दै ह्वाइट हाउसले ३ साताका लागि सरकारी कामकाज सञ्चालनको बाटो खुल्ला गरेको थियो ।