सीमा सुरक्षाका विषयमा सैद्धान्तिक सहमति

सीमा सुरक्षाका विषयमा सैद्धान्तिक सहमति
अमेरिका

अमेरिकामा डेमोक्र्याट्स तथा रिपब्लिकन नेताहरूबीच सीमा सुरक्षाका विषयमा सैद्धान्तिक सहमति भएपछि अर्को ‘खर्चबन्दी’ तत्कालका लागि टरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन करिब ६ अर्ब डलर रकम नपाएपनि खर्चबन्दी अन्त्य गर्न सहमत भएका हुन् ।

उनले कुनैपनि हालतमा पर्खाल निर्माण गरेरै छाड्ने दृढता भने व्यक्त गरेका छन् ।

सहमतिलाई कांग्रेसले स्वीकृति दिन बाँकी छ । शुक्रबारको बैठकमा कांग्रेसले स्वीकृति प्रदान गर्ने विश्वास गरिएको छ ।

वासिङटनमा डेमोक्र्याट्स र रिपब्लिकन नेताहरूबीचको छलफलपछि सहमति जुटेको हो ।

रिपब्लिकन सिनेटनर रिच्ड शेल्बीले सबै मतभेदहरू हल भएको बताएका छन् ।

सहमतिसँगै अर्को अस्थायी खर्चबन्दी हुने र संघीय निकायहरू खर्चविहीन हुने अवस्था तत्कालका लागि टरेको छ ।

सहमतिका बुँदाहरू भने सार्वजनिक भइसकेका छैनन् ।

यसअघिको सरकारी खर्चबन्दी अमेरिकी इतिहासमै सबैभन्दा लामो ३५ दिनसम्म लम्बिएको थियो । जसका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान छ ।

Post Comment