ट्रम्पले पूरा गरिदिए मृत्युका मुखमा रहेका व्यक्तिको अन्तिम इच्छा

ट्रम्पले पूरा गरिदिए मृत्युका मुखमा रहेका व्यक्तिको अन्तिम इच्छा
अमेरिका

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कनेक्टिकटस्थित गम्भीर अवस्थामा रहेका एक व्यक्तिको अन्तिम इच्छा पूरा गर्न मद्दत गरेका छन् । यसरी राष्ट्रपतिका ठूला समर्थक रहेका जे ब्यारेट नामका यी व्यक्तिलाई ‘सिस्टिक फिब्रोसिस’ नामक रोग रहेको छ र चिकित्सकहरुले उनलाई केबल ६ महिनाको समय दिएका छन् । यस्तोमा गत आइतबार अस्पताल छाडेर बहिनीको हेरचाहमा रहेका ब्यारेटले मर्नु अगाडि राष्ट्रपति ट्रम्पसँग सम्पर्क गर्ने इच्छा व्यक्त गरेका हुन् ।

उनकी बहिनीले भने आफू शतप्रतिशत विपक्षी पार्टी डेमोक्रेटको भएको बताएकी छन् । तरपनि उनले सामाजिक संजालमार्फत ब्यारेटको अन्तिम इच्छा पूरा गर्न मद्दत मागेकी हुन् । यस्तोमा साथीहरु र उनका समर्थकहरुले ह्वाइटहाउसमा इमेल पठाउँदै यसका लागि अनुरोध गरेका हुन् जसपछि मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई फोन गरेका हुन् । यसरी आफूहरुको प्रयास सफल भएकामा उनीहरुले अत्यन्तै खुसी व्यक्त गरेका हुन् ।

ad ad ad
ट्रम्पसँगको फोनमा ब्यारेटले यस्तो भेनका हुन्, “सबै सहज असहज परिस्थितिमा मैले तपाईँलाई नै चुनेको छु । यसरी आजसम्म धेरै सुख र धेरै कठिन दिनहरु पार भइसकेका छन् तरपनि म तपाईलाई नै समर्थन गरिरहनेछु ।”

यसपछि ट्रम्पले उनी ‘च्याम्पियन’ भएको बताउँदै आफूले उनलाई एक व्यक्तिगत पत्र पठाएको जानकारी दिएका हुन् । फोन सम्पर्कका क्रममा ट्रम्पले यस्तो भनेको बताइएको छ, “तिमी मेरै प्रकारका व्यक्ति हौ । मलाई तिमीमाथि गर्व छ । म तिमीसँग फेरि कुरा गर्नेछु हुन्छ ? तिमी आफ्नो लडाईँ जारी राख । हामी दुवैले आ–आफ्नो लडाईँलाई निरन्तरता दिइरहनुपर्छ ।”

ब्यारेटका अनुसार उनलाई ट्रम्पका छोरा एरिकले पनि सम्पर्क गरेका हुन् र अमेरिकी विभागको शहर विकास क्षेत्रकी प्रमुख लाइन पेटनसँग पनि सोमबार कुरा गरेका हुन् । उनी भन्छन्, “एरिक ट्रम्पले मेरा लागि प्रार्थना गरिरहेको बताए ।”
पेटन पनि न्यु हेभनकै भएकाले उनी चाँडै नै ट्रम्पको उपहार सहित ब्यारेटलाई भेट्न जाने बताएकी हुन् ।

यसरी ब्यारेटले २००८ मा पूर्वराष्ट्रपति बाराक ओबामालाई मत दिएको भएपनि उनका नीतिहरुसँग असन्तुष्ट रहेको बताएका हुन् । र ट्रम्पको चुनाव अभियानका क्रममा मात्र उनका नीतिहरु सुनेर आफू वास्तवमा रिपब्लिकका प्रेमी भएको थाहा पाएको बताए । उनको वास्तविक इच्छा राष्ट्रपतिलाई ह्वाइटहाउसमा प्रत्यक्ष भेटेर हात मिलाउनु थियो तर केबल छोटो सम्पर्कले पनि उनलाई अत्यन्तै खुसी बनाएको बताएका छन् । यसरी आफूसँग केबल ६ महिनाको समय भएपनि २०२० मा मत खसाल्न इच्छुक रहेको ब्यारेटले बताएको टाइमले जनाएको छ ।

Post Comment