नेजाले आसन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचनमा उम्मेद्वार बन्न आंकाक्षीहरुसंग सार्वजनिक वहस गर्ने भएको छ । विगतदेखि नैं एनआरएनए अमेरिकाका नेतृत्वका आंकाक्षीहरुसंग नेजाले समुदाय केन्द्रीत वहस गर्दै आएको छ । यसैक्रममा वर्ष २०१९/२१ का लागि एनआरएनए अमेरिकाको नेतृत्वमा आउन इच्छा जाहेर गरेकाहरुसंग सार्वजनिक वहस गर्ने निर्णय नेजाले गरेको हो ।
नेजा कार्यसमितिको छैठौं वैठकले अमेरिकाको विभिन्न राज्यका ५ वटा शहरमा वहस संचालन गर्ने निर्णय गरेको छ । अमेरिकाको वासिंङटन डि.सी. मा अप्रिल १४, क्यालिफोर्नियाको लसएन्जल्समा अप्रिल २१ , टेक्ससको डलासमा मे ४ , इलिनोइसको शिकागोमा मे १२ र न्यूयोर्कमा मे १९ मा सार्वजनिक वहस आयोजना गरिने नेजाले जनाएको छ ।
एनआरएनए अमेरिकाका आंकाक्षी र मतदाताका बीचमा हुने सार्वजनिक वहस कार्यक्रमले एनआरएनए अमेरिकालाई सकारात्मक दिशामा अगाडि बढाउन सहयोगी भूमिका खेल्दैं आएको छ । वैठकले सार्वजनिक वहसलाई क्षेत्रगत रुपमा प्रभावकारी ढंगले सम्पन्न गर्न चारैं क्षेत्रका क्षेत्रीय संयोजकलाई आवश्यक समन्वय गर्ने जिम्मेवारी समेत दिएको छ ।
यस्तैं, कार्यक्रमका लागि एनआरएनए अमेरिकासंग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक गोकुल ढकाललाई संयोजकको जिम्मेवारी समेत दिएको छ ।