गैह्र आवासीय नेपाली संघ अमेरीकाको ईलिनोई च्याप्टर च्याप्टरद्वारा सिकागोमा आयोजित १०९ औं अन्तराष्ट्रीय महिला दिवस कार्यक्रम गत आईतबार भब्यताका साथ सम्पन्न भएकोछ ।
एनआरएनए मध्य-पूर्व क्षेत्रीय संयोजक राधा पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यिक सर्जकहरूले महिला ससक्तिकरण सम्बन्धि आफ्ना साहित्यिक रचनाहरू बाचन गर्नुका साथ-साथै बालबालिकाहरूका नृत्य र संगीतले कार्यक्रमलाई रोचक बनाएको थियो।
सो कार्यक्रममा समाजसेवी सरोज कुमार खडका र स्थानीय सामाजीक संस्था सीएनएफएसका अध्यक्ष टेकराज पौडेलले महिला ससक्तिकरण सम्बन्धि आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
सो नारी दिवसको अबसरमा एनआरएनए बोर्ड अफ डायरेक्टर गोपेन्द्र भट्टराई, एनआरएनए एनसीसी सल्लाहकार डा. बिष्णु फुँयाल, भूतपूर्पब एनआरएनए बोर्ड अफ डायरेक्टर गोबिन्द श्रेष्ठ, पर्यटन दूत बाला घिमिरे, एन्माका बरिष्ठ उपाध्यक्ष तिलक केसी, एनआरएनए आयोवा च्याप्टर सचिब रघु आचार्य, आयोवा च्याप्टर महिला संयोजक तारा मरहट्टा, क्वाडसीटी नेप्लीज सोसाईटीका अध्यक्ष किरण बस्नेत, सिकागोल्यण्ड थारू सोसाईटीका अध्यक्ष ईन्द्रकान्त चौधरी, सिकागोल्यण्ड तराईयन सोसाईटीका भूतपूर्व अध्यक्ष रामकृष्ण साह आदिले महिला दिवसको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकोथियो।
एनआरएनए ईलिनोई च्याप्टरको महिला संयोजक कबिता नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा च्याप्टरको तर्फबाट समाजसेवी पत्रकार सन्ध्या राईले स्वागत मन्तब्य राखेका थिए। कार्यक्रमको अन्तमा च्याप्टर सभापति सत्य नारायण चौधरीले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो भने साहित्यिक वाचन र सॉस्कृतिक कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई संस्थाको तर्फबाट प्रमुख अतिथि मार्फ़त प्रसंसापत्र प्रदान गरिएको थियो।
सो कार्यक्रमको संचालन ईलिनोई च्याप्टर सचिब बाबुराम सापकोटा र सिकागोमा नबआगन्तुक महिला चन्द्रा न्यूपानेबाट संयुक्त रूपमा गरिएको थियो। अन्तराष्ट्रीय महिला दिवसको कार्यक्रम पश्चात एनआरएनए मिड-वेष्ट क्षेत्रीय उपाध्य़ एवं एनआरएनए कन्भेन्सन २०१९ का कन्भेनर राधा पौडेलको उपस्थितिमा एनआरएनए एनसीसीका प्रतिनिधिहरू, ईलिनोई र आयोवा राज्यका एनआरएनएका च्याप्टर पदाधिकारीहरू, क्षेत्रीय तथा स्थानीय संघ-संस्थाका प्रतिनिधिहरूबीच सिकागोमा हुनलागेको एनआरएनए अमेरीकाको बार्षिक साधारणसभाको तैयारीको बिषयमा बिस्तृत छलफल भएको थियो।
सो कार्यक्रममा उपस्थित सबै महानुभावहरूले सिकागोमा हुन लागेको एनआरएनएको साधारणसभालाई भब्यताकासाथ सफलपार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।
उक्त बैठकमा छलफल गरिएका कुराहरूलाई बुंदागतरूपमा उल्लेख गरी एनआरएनए एनसीसी बोर्डलाई जानकारी गराउने र बोर्डको सहमतिमा चॉडैनै बिभिन्न समिति र उपसमितीहरू गठनगरिने कुरा कन्भेनर राधा पौडेलले जानकारी गराउनुभयो।
एनआरएनए ईलिनोई च्याप्टरद्वारा आयोजित डिनर सहितको सो महाधिवेशन तयारी बैठकको स्पोन्सर सीकागोबासी सामाजीक अभियन्ताहरू बाला घिमिरे र सुरेन्द्र चौधरीले संयुक्त रूपमा गर्नुभएको थियो।