अमेरिकाले बोइङ ७३७ म्याक्सको उडानमा प्रतिबन्ध नलगाउने जनाएको छ ।
अमेरिकाको फेडरल एभिएसन अथोरिटीले उक्त मोडेलका विमानहरु ‘ग्राउन्डेड’ गर्नुपर्ने कुनै आधार नभएको भन्दै उडानमा प्रतिबन्ध नलगाउने जनाएको हो ।
सन् २०१७ मा व्यावसायिक उडान सुरु गरेको बोइङ ७३७ म्याक्स मोडेलका विश्वभर ३५० ओटा विमानले व्यावसायिक उडान गर्दै आएका छन ।
पाँच महिनायता उक्त मोडेलका विमान दुईओटा दुर्घटना भएपछि विश्वका ८ देशले प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।