तनुहँमा जन्मीएर अमेरिकालाई कर्मथलो बनाइरहेका रोहीत श्रेष्ठलाई हिमाल आरोहण गर्ने गज्जबको मोह छ । करिब २२ वर्ष देखी अमेरिका बस्दै आएका श्रेष्ठले हाल कोलोराडोमा बसोबास गर्दै आइरहेका छन् । हाल सम्म कोलोराडोका करिब ५८ वटा हिमाल चढिसकेका उनि सर्वोच्च शिखर सगरमाथा चढ्नका लागी नेपाल जाँदैछन् ।
करिब १२ वर्ष अघि देखिको सपना पुरा गर्नका लागी नेपाल जान लागेको श्रेष्ठ भन्छन्: ‘म नेपाली नै भएर सगरमाथा चढ्न चाहान्छु भन्ने लागेर अहिले सम्म अमेरिकी सिटिज सिप नलिइकन बसेको छु’ । श्रेष्ठसंग युएसनेपाल न्युजले सगरमाथा आरोहोणमा केन्द्रीत रहेर गरिएको कुराकानी ।
आज-भोली के गर्दै हुनुहुन्छ ?
ट्रेनिङ सकाएर म जाने तयारीमा छु । ट्रेनिङ झण्डै १२ वर्ष देखि सपना देखिरहेको हो ।
सगरमाथा आरोहण एक सपना वा इच्छा ?
मेरो विषयमा दुबै भन्दा हुन्छ । पहिला सपना देख्नु पर्दछ तर इच्छा गरेर मात्रै हुदैन इच्छा पुरा गर्न त्यसको पछाडि निरन्तर लाग्नुपर्छ ।सपनालाई पुरा गर्न मैले निरन्तर रुप मा काम गर्दै गए र आजको दिनमा आइपुगेको छ ।
सगरमाथा आरोहण सपनाको सुरुवात कसरी भयो ?
मैले सन् २००८ तिर हुनुपर्छ मेरो एक जना साथी अनुरक्त श्रेष्ठले मलाइ आउटडोर गर्न प्रेरित गर्नुभयो र हामीसँगै कोलोराडोका माउन्टेनहरु चड्न सुरु गर्यौ । कोलोराडोमा आएर चढ्न थाले त्यसपछि हामि सन् २०१० मा एभरेष्ट बेस क्याम्पको पथ यात्रा गएका थियौं । त्यो बेला एकदम नजिकबाट एभरेष्ट देखे पछि कुनै बेला चढ्न पाए हुन्थ्यो भन्ने इच्छा भयो र तेही इच्छा लाई सपनामा परिणत गरेर त्यसलाई पुरा गर्न निरन्तर लागि रहे ।
सपनालाई प्रतिबद्धतामा कहिले र किन बदल्नु भयो ?
सपना देख्न थालेपछि जान पाए हुथ्यो भन्ने लाग्यो । सपना देखेर काम नगरेर त भएन । सन् २०१० पछि हाइकिंङहरुमा लागे । कोलोराडोमा ५८ वटा १४ हजार फिट भन्दा बढिका माउन्टेन छन । त्यो सिध्याउने प्रकृयामा लागे । सन् २०१६ सम्म सबै माउन्टेनहरु चढेर सिध्याए । त्यसपछि निरन्तर चढ्न थाले । समरमा माउन्टेन हाइक गर्ने रक क्लामिंङ, र्याफ्टिंङ धेरै नै गर्ने गरे । त्यसमै व्यस्त भए । त्यहि प्रकृयामा गएको वर्ष आइल्याण्ड पिक चढेपछि सगरमाथा चढ्ने सपना चाँही प्रतिबद्धतामा परिर्वतन भयो ।
अमेरिका कहिले आउनु भयो र सुरु देखी नै कोलोराडोमा हुन्हुन्छ ?
म अमेरिका आएको २२ वर्ष जति भयो । होइन कोलोरोडोमा सन् २०१४ देखि बस्न थाले । यो भन्दा अगाडी स्टेट अफ वाइमिङको सायन भन्ने ठाउँमा परिवार सहित उहि नै बस्थ्यौं ।
अमेरिकाको कोलोराडोमा राज्य नै किन ?
कोलोराडोको डेनभरबाट झण्डै एक सय माइल नर्थमा सायन पर्छ। त्यहाँबाट हरेक हप्ता कोलोराडो डेनेभरको माउन्टेन चढ्न आउँथे । पछि संधै आउने भएपछि किन मुभ नहुने भन्ने आयो ।बिशेषत सानी छोरी (रेवानी श्रेष्ठ) स्की मा यति धेरै रुची राख्ने भइन्की उसको लागी भनेपनि कोलोराडो सर्ने निर्णय गरियो । डेनेभर आउँदा नेपाल आए जस्तै छ यसकारण पनि यहाँ आएको हुँ ।
अमेरिकाको दैनिक जिवनयापनका लागि के गर्नु हुन्छ ?
म डेनेभरको जेनेस हेन्डरसन इन्भेष्टर भन्ने आइटि कम्पनिमा २०१४ देखी सफ्टवर इन्जिनियरको काम गर्दै आएको छु ।
तपाईले भन्नु भयो कि आइटिको काम गर्नु हुन्छ तर हजुरको कामले खासै सहयोग भएन है सपना पुरा गर्न ?
आइटिको कामले मेरो सपना पुरा गर्न धेरै सहयोग भएको छ । गत बर्ष झण्डै ५ हप्ता मलाई लामो समय बिदा बस्नु परेको थियो । त्यसमा मेरो कम्पनिले सहयोग गर्यो । मैले दश दिन जती नेपालबाट काम गरे । त्यो पनि ठूलो सहयोग हो मेरो लागी । मैले घरमा बस्दा पनि काम गरिरहन्छु । कामले यसवर्ष पनि मलाई झण्डै दुई महिना छुट्टि दिएको छ । धरै कम्पनीले त्यस्तो काम गर्दनै त्यस हिसाबले नि कामको सहयोग छ ।
विदेश बसेर यस्तो सपना पुरा गर्न त गाह्रो होला नि होइन ?
एकदमै सही कुरा हो । त्यसमाथि अमेरिका बस्ने मान्छेहरु एकदम व्यस्त हुन्छन् । काम घर काम घर ।मेरा २ वटा बच्चाहरु छन् । छोरी विन्टरमा विजी समरमा आफ्नो काम एकदमै व्यस्त हुन्छु । परिवार अनि आफ्नो काम पनि गर्नुपर्ने हुन्छ । एकदम व्यस्त लाईफमा पनि आफ्नो सपना पुरा गर्नु सहज पक्कै छैन । यदि तपाईलाई केही काम लिनु छ भने व्यस्त मानिस कहाँ जानुस् भन्ने उक्ति छ नी । व्यस्त हुदैमा आफ्नो सपना पुरा गर्न लाग्नु भएन भने तपाईले केही गर्नुहुन्न ।
सगरमाथा आरोहण कहिले गर्दै हुनुहुन्छ ?
सगरमाथा मैले अहिले अप्रिल २ मा यहाँबाट (कोलोराडो) जान्छु ४ मा पुग्छु । अप्रिल ७ मा म रामेछाप जान्छु गएर लुक्ला जान्छु र लुक्लाबाट बेस क्याम्प १८ तिर पुग्छु । ३ हप्ता जति तालिम हुन्छ । मौसम कति बेला खुल्छ सायद मे महिनाको १२/१४ देखी २५/२६ तिर सायद आरोहण सुरुवात हुन्छ ।
तयारी कस्तो हुँदै छ ?
गएको वर्ष म २० हजार ३ सय फिटको आइल्याण्ड पिक चढ्न गएको थिए । करिब १० महिना देखी प्रत्येक हप्ता ५ देखी ६ दिन सम्म ट्रेनिङमा हुन्थ्ये । रनिंङ हाइंकङ स्नो हाइकिंङ स्की अप धेरै तयारी गरे ।
कती जती खर्च लाग्ने देख्नु भएको छ ?
मेरो व्यक्तिगत सबै खर्च करिब ४८ हजार छ । खर्च धेरै हुँदै छ तर सपना पुरा गर्नका लागी केहि समय का लागि अरु केहि कुरामा मन मार्नु परेको छ ।
सगरमाथा आरोहणका आर्थिक व्यस्थापन कसरी गर्नु भयो?
आर्थिक व्यबस्थापन १०/१२ वर्ष देखिको तयारी हो । डेनेभरका साथीहरुले सहयोगका लागी डिनर कार्यक्रम राखेर सहयोग गर्नु भयो । कोलोराडोबासीहरुले धेरै सहयोग गर्नु भयो । मैले मेरो पर्सनल गियर झण्डै १२ हजार जतिको किन्न सफल भए । उहाँहरुको साथले नै यो सम्भव भएको हो । मलाई डेनेभर भित्र र बाहीर बाट सहयोग गर्ने सबै साथिहरुलाई धेरै धेरै धन्यवाद दिन्छु ।
परिवारको साथ ?
मलाई परिवारको साथ नभएको भए म यो ठाउँमा हुने थिइन् ।मलाई हरपल विश्वास, सहास, प्रोत्साहन र साथ दिने धर्मपत्नी बन्दना ( जुनु ) श्रेष्ठ विना त मैले आट्ने त टाढा को कुरा सपना पनि देख्न सक्थिन होला । र धर्मपत्तीले म प्रति गरेको को लागी उसलाई ।
अन्त्यमा…
म बच्चा देखि नै तनहुँ डुम्रेमा बस्थ्ये । त्यसबेला धेरै नै पर्यटकहरु त्यो बाटो मनाङ मुस्तांङ हिमाल चढ्न जान्थे । त्यो बेला सोच्थे कि उनिहरु यहाँ आउँछन् किन हामी नेपाली हाम्रो हिमान चढ्दैनौें भनेर ।अमेरिका आएपछि पनि मलाई खासै चासो थिएन तर जब म यहाँ पहाड चढ्न थाले त्यसपछि मेरो मोह बढ्यो । म एभरेष्ट वेस क्याम २ पटक पुगे । कोलोराडोका अन्य हिमालहरु पनि चढे । मैले अहिले सम्म अमेरिकी सिटिजन सिपलिएको छैन । म नेपाली नै भएर सगरमाथा चढ्न चाहान्छु भन्ने लागेर अहिले सम्म अमेरिकी सिटिजन सिप नलिइकन बसेको छु । आशा छ मेरो स्वास्थ्य र मौसमले साथ दियो भने मैले देखेको १०/१२ वर्ष देखिको सपना पुरा हुनेछ भन्ने लाग्छ ।
सम्पादक: रोहित श्रेष्ठ जीलाई सफल सगरमाथा आरोहणको शुभकामना व्यक्त गर्दछौं ।