अमेरिकाको सानडियागोस्थित एउटा यहुदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर एक महिनाको मृत्यु भएको भने एक जना यहुदी धर्मगुरु र दुईजना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहुदी बिरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति जनाएको छ । अमेरिकी इतिहासमै यहुदी समुदायमाथि छ महिना अघि पिट्सबर्गको यहुदी प्रार्थनाघरमा सबैभन्दा ठूलो आक्रमण भएको थियो जसमा ११ जनाको हत्या भएको थियो ।
सीमा सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी जोन अर्नेष्टले यहुदी प्रार्थनाघरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । गोली चलाएर भाग्न लागेका अर्नेष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्ने क्रममा उहाँले प्रहरीलाई आफूले प्रार्थनागृहमा आक्रमण गरेको जानकारी दिनुभएको थियो । गोली लागेका तीनै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।