पूर्वराजाका सल्लाहकारको न्युयोर्कमा निधन

पूर्वराजाका सल्लाहकारको न्युयोर्कमा निधन
अमेरिका

पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको उपचारका क्रममा अमेरिकाको न्युयोर्कमा निधन भएको छ । एक वर्षदेखि न्युयोर्कमा उपचार गर्ने क्रममा केही दिनअघि राणाको निधन भएको हो ।

राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ ।

पूर्वराजा ज्ञानेन्द्र र नेपालको राजपरिवारसँग व्यवसायिक साझेदारी गरेका राणाले नेपालको आर्थिक विकासको क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको होटल सोल्टीमा पनि ज्ञानेन्द्रसँग राणाको साझेदारी छ ।

लामो समयदेखि राणाका मित्र रहेका पत्रकार कनकमणि दीक्षितले नेपालका लागि राम्रो काम गरेका तर नेपालीले राम्रोसँग नचिनेका मित्रका रुपमा राणालाई सम्झिए ।

Post Comment