सुचना ! सुचना !! सुचना !!!
अनेसास कोलोराडो च्याप्टरको कार्यसमिति (२०१९-२१) का लागि निर्वाचन गराउन हामीलाई दिइएको जिम्मेवारी अनुसार यहि जुलाई २७, २०१९ का दिन हुने भानुजयन्तीसम्ममा नयाँ पदाधिकारी चयन गराउनका लागि निम्न बमोजिम निर्वाचन तालिका प्रकाशित गरिएको छ |
०६/२४/२०१९: बर्तमान कार्यसमितिबाट आधिकारिक रुपमा सदस्यता नामावली (Membership list) प्राप्त गर्ने |
६/२५/२०१९: बर्तमान कार्यसमितिबाट प्राप्त सदस्यताको नामावली निर्वाचन आयोगद्वारा प्रकाशन गर्ने |
६/२८/१९ देखि ६/२९/१९ सम्म: सदस्यता नामावलीमा कुनै त्रुटि वा कसैको नाम छुटेको भए सच्याउनका लागि सम्बन्धित सदस्यबाट आग्रह गरिएको इमेल प्राप्त गर्ने | यसरि आग्रह गर्दा सम्बन्धित व्यक्तिले आफ्नो नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बर सहित पठाउनु पर्नेछ, जसले गर्दा निर्वाचन आयोगका पदाधिकारीले प्रमाणीकरणका लागि आग्रहकर्तासंग प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ |
७/१/१९: मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ |
७/२/१९ देखि ७/५/१९: उम्मेद्वारी दर्ता लिइनेछ (उमेद्वारी दर्ताको प्रक्रिया र शुल्क सम्बन्धि जानकारी पछि गराइनेछ)
७/६/१९: उमेद्वारहरुको नामावली प्रकाशन गरिनेछ |
७/६/१९ देखि ७/८/१९: दर्ता गरिएका उमेद्वारीमाथि कुनै दाविबिरोध भए प्रमाण सहित संस्थाका सदस्यहरुबाट आफ्ना बिरोध प्रस्तुत गर्न सकिनेछ | (electionco2019@gmail.com)
७/१०/१९: मा विधिसम्मत र सप्रमाण निर्वाचन समितिमा पेश गरिएका दाविबिरोधमा छानबिन गरिसकेपछि समितिको निर्णय अनुसार उमेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ |
७/११/१९ र ७/१२/१९: उम्मेदवारहरुले मत माग्ने समय रहनेछ |
७/१३/१९ देखि ७/१४/१९: सम्म इमेलद्वारा मतदान गरिनेछ | (यसका लागि आवश्यक सुचना र सामाग्री पछि उपलब्ध गराइनेछ)
७/१५/१९: नतिजा प्रकाशन गरिनेछ |
७/२७/१९: नयाँ कार्यसमितिलाई सपथग्रहण गराइनेछ |
निर्वाचन सम्बन्धि कुनै प्रश्न भए, कुनै जिज्ञासा र चासो भए निम्न ठेगानामा इमेल गर्न सक्नुहुनेछ, जिज्ञासाहरुको सम्बोधन इमेलद्वारा यथाशिघ्र गरिनेछ | (electionco2019@gmail.com)
भवदीय,
ज्ञानेन्द्र गदाल, प्रमुख निर्वाचन आयुक्त
कुमारजंग कार्की, निर्वाचन आयुक्त
सुदर्शन अधिकारि, निर्वाचन आयुक्त