परमाणु हतियारको इच्छा त्यागे अमेरिका सबैभन्दा राम्रो साथी: ट्रम्प

परमाणु हतियारको इच्छा त्यागे अमेरिका सबैभन्दा राम्रो साथी: ट्रम्प
अमेरिका

इरान आफ्नो परमाणु हतियारको इच्छा त्याग्न राजी भएमा अमेरिका सबै भन्दा राम्रो साथी बन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले इरानसँग थप छलफल गर्न क्याक्प डेविडलाई इरान पठाउन लागेको बताउँदै ह्वाइट हाउसमा संवाददाता सँग भने, यदि इरान परमाणु हतियारको इच्छा छोड्न सहमत भए उनीहरु एक धनी देश बन्ने छन । यस्तो भएको खण्डमा म अत्यन्त खुसी हुनेछु । म सबै भन्दा राम्रो साथी बन्ने छु । म आसा गर्छु, त्यस्तै हुनेछ ।

यसै हप्ता अमेरिकाको सैन्य जासुसी ड्रोन (विमान) इरानले खसालेसँगै बढेको तनाव पछि इरान अमेरिका सैन्य युद्धको नजिक पुगेका थिए । राष्ट्रपति ट्रम्पले इरानलाई सहि सबक सिकाउने भन्दै सेनालाई आक्रमणको आदेश दिएको केही समय भित्रैमा आफ्नो आदेश फिर्ता लिएका थिए ।

अमेरिकाले इरानलाई ओमानको खाडीमा तेल ट्याङकर माथि हमला गरेको आरोप लगाएसँगै स्थिती झनै तनावपूर्ण बन्दै गएको छ । इरानले अमेरिकी आरोपको खण्डन गरेको छ । अघिल्लो वर्ष अमेरिकाले इरानलाई अन्तराष्ट्रिय सम्झौताबाट अलग गरेको थियो ।

इरानको परमाणु महत्वकांक्षालाई नियन्त्रण गर्ने हेतुले अमेरिकाले अनेकौं कदम चाले पनि इरान आफ्नो लक्ष्यबाट पछाडी हटेको छैन । इरानले विक्री गर्दे आएको तेल माथि अमेरिकी प्रतिबन्धको बावजुद उसको परमाणु गतिविधि नरोकिएकोमा अमेरिका चिन्तित रहँदै आएको छ ।

Post Comment