नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न

नेपाली भाषा कक्षाको दोश्रो चरण शिक्षिका भट्टलाई सम्मान गर्दै सम्पन्न
अमेरिका

कोलोराडो अमेरीका
जुन २३ , २०१९

कोलोराडोको लङमन्ट स्थित हिमालयज् लायन्स क्लबद्धारा संचालित  नेपाली भाषा शिक्षा दोश्रो चरणको कक्षा शिक्षिकालाई सम्मान गर्दै सम्पन्न भएको छ ।

लङमन्ट स्थित फायरहाउस आर्टसेन्टरमा प्रत्येक शनिबार बिहान संचालन हुने नेपाली भाषा शिक्षाको दोश्रो चरणको कक्षा सहभागी बाल बालिका तथा सहायक शिक्षिका सरु शर्मालाई प्रमाण पत्र र शिक्षिका यसोदा भट्टलाई सम्मानपत्र प्रदान गर्दै सम्पन्न भएको हो ।

 

लङमन्ट हिमालयज् लायन्स क्लवको आयोजनामा सम्पन्न कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, ग्लोवल मेम्वर सिप चेयर तथा पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, पाष्ट ईन्टरनेशनल डिरेक्टर केन सोल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष जोशन श्रेष्ठ, ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विकल पराजुली, अरोरा लायन्स क्लवका अध्यक्ष कपिलदेव सुवेदी लगायत अन्य पदाधिकारीको उपस्थिती रहेको थियो ।

दोश्रो चरणको कक्षामा सहभागी बाल-बालिकालाई नेपाली कक्षा संयोजक नातिबाबु भट्ट र कक्षा शिक्षिका यसोदा भट्टले कक्षा सम्पनको प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

त्यस्तैगरी कार्यक्रममा उपस्थित अन्य संघ संस्थाका पदाधिकारीहरुमा नेपाली घरका अध्यक्ष लक्षुमण राना, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर संयोजक श्रीराम लुईटेल, ब्लड डोनर्स अफ अमेरीका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, सगरमाथाका सफल आरोही रोहित श्रेष्ठ, नेपाली क्लासमा सहभागी बाल बालिकाका अभिभावक, बुद्धीजिवी, समाजसेवी, ब्यवसाही पत्रकार तथा स्थानीय सर्वसाधारणको उपस्थिती थियो ।

कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिलले शिक्षिका यसोदा भट्टलाई सम्मान पत्र प्रदानगरी सम्मान गरेकी थिईन भने आयोजक संस्थाका अध्यक्ष विकल पराजुली लगायतका पदाधिकारीहरुले खादा लगाईदिई सम्मान गरेका थिए । यसोदा भट्टले भाषा कक्षामा उपस्थित छात्र छात्राहरुलाई लेख्ने पढ्ने मात्र नभएर, नेपाली भाषामा बोल्ने, कथा, कबिता भन्ने, कार्टुन देखाउने, जस्ता माध्यमबाट भाषा सिकाउने गरेकी थिईन् ।

प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम भनेकै हाम्रो भाषा संस्कृती हो । यहां जन्मेका बाल बलिकाहरुलाई यसरी भाषा संस्कृती सिकाउदै नजाने हो भने हाम्रो भाषा संस्कृती यहि पुस्तामा मात्र सिमित रहने खतरा बढ्दै गएको छ । यस्तो अवस्थामा बाल बालिकाहरुलाई हाम्रो भाषा सिकाउने मौका उपलब्ध गराएकोमा आयोजकलाई शिक्षिका भट्टले धन्यवाद दिईन् ।

कार्यक्रमको अन्त्यमा सबैलाई धन्यवाद दिदै संस्थाका अध्यक्ष विकल पराजुलीले व्यस्त समयको बावजुद पनि शिक्षिका भट्टले बाल बलिकाहरुलाई प्रयाप्त समय दिई कुशल तरिकाबाट अध्यापन गराएकोले उनलाई सम्मान गरिएको प्रष्ट्याए । उनले सबै अभिभावकहरुसंग सल्लाह गरि सुझावको आधारमा निकट भविश्यमा लायन्सले तेश्रो चरणको कक्षा पनि संचालन गर्ने सोच बनाएको बताए  ।

Post Comment