अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूमाथि लागेको यौन उत्पीडनको आरोप एकपटक पुनः खारेज गरेका छन् ।
हालै ७५ वर्षकी स्तम्भकार ए. जोन क्यारोलले सन् १९९० मा ट्रम्पले न्यूयोर्कको डिपार्टमेन्ट स्टोरमा उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाएका थिए । ट्रम्पले ‘उनी शत प्रतिशत झुटो बोलिरहेको’ बताएका छन् ।
ट्रम्पले भने, ‘म सम्मानकाम साथ आफ्नो कुरा भन्न चाहन्छु । पहिलो त उनी मेरो टाइपकी होइन । दोस्रो, उनले जे भनिरहेकी छिन्, तयो कहिले पनि भएको छैन । ठिक छ ?’
शुक्रबार न्यूयोर्क म्यागजिनमार्फत क्यारोलले अमेरिकी राष्ट्रपतिमाथि आरोप लगाएकी थिइन् ।
राष्ट्रपतिको स्पष्टिकरणमाथि सीएनएनसँगको कुराकानीमा क्यारोलले भनिन्, ‘यो राम्रो हो कि म उनको टाइपकी छैन ।’
यसअघिका अन्तरवार्तामा क्यारोलले आफू ट्रम्पविरुद्ध अदालतसम्म जानेबारे पनि विचार गरिरहेको बताएकी थिइन् ।