क्यालिफोर्नियामा भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी

क्यालिफोर्नियामा भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी
अमेरिका

अमेरिकाको क्यालिफोर्नियामा बिहीबार आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको छ।

करिब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प आएको थियो । सो भूकम्पपछि अरु कैयौँ शक्तिशाली पराकम्पनहरु आउनसक्ने अनुमान यहाँका भौगर्भिक क्षेत्रका अधिकारीहरुले गरेका थिए ।

अमेरिकन भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार क्यालिफोर्नियाको पश्चिमी क्षेत्रमा पर्ने सेरालेस उपत्यकालाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ४ रेक्टर स्केलको पराकम्पन आएको छ ।

बिहान आएको भुकम्पपछि साँझ आएको पराकम्पनपछि नागरिकहरुमा भागदौड भएको र परिस्थिति असामान्य बन्न पुगेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

बिहीबार बिहानको भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको थियो । त्यसयता करिब ८० ओटा पराकम्पनहरु आएको जनाइएको छ ।दुइ दशकभन्दा लामो अबधिपछि आएको भूकम्पबाट करिब दुई करोड जनसंख्या रहेको क्यालिफोर्नियाका मानिसमा त्रास छाएको छ ।

भूकम्पबाट ठूलो भौतिक तथा मानवीय क्षति भने भएको छैन । केही मानिस घाइते भएका छन् ।
भूकम्पका कारण ग्याँसको पाइपलाइन फुटेर बाहिर निस्किएको र यसबाट आगलागी भएपछि केही घर जलेका उद्धारकर्मीहरुले जनाएका छन् ।

Post Comment