कम्युनिष्ट र समाजवादीलाई अमेरिका छाड्न चेतावनी

कम्युनिष्ट र समाजवादीलाई अमेरिका छाड्न चेतावनी
अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् ।

एकपछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले साम्यवादी र समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन् ।

खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीमाथि समेत एकसाथ प्रहार गरेपछि राष्ट्रपति ट्रम्प फेरि विवादमा तानिएका छन् ।

ट्वीटमा ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने सचेत गराउँदै यसमा खुशी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको र त्यो उनीहरुको एक्लो छनौट हुने प्रष्ट गरेका हुन् ।

केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी र अलकायदा समर्थक रहेको आरोप समेत लगाएका छन् ।

उनले वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजिएको आरोप लगाए ।

अमेरिका अहिले जस्तो बलियो कहिल्यै नभएको दावी गर्दै ट्रम्पले सैनिक शक्तिको पुनर्गठन, अहिलेसम्मकै उच्च स्टक मार्केट, सबैभन्दा कम बेरोजगारी कायम गरिएको जिकिर गरेका हुन् ।

अमेरिकालाई फेरि महान् बनाऔं भन्दै उनले आप्रवासी नीतिप्रति ओबामा प्रशासनको आलोचना पनि गरेका छन् । अमेरिकीको जीवनकालकै सबैभन्दा राम्रो अर्थव्यवस्था अहिले रहेको दावी पनि उनले गरेका छन् ।

Post Comment