अमेरिकी गुप्तचर प्रमुख डान कोट्सले पद छाड्ने

अमेरिकी गुप्तचर प्रमुख डान कोट्सले पद छाड्ने
अमेरिका

अमेरिकाको राष्ट्रिय गुप्तचर निकायका प्रमुख डान कोट्सले पद छाड्ने भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै कोट्स आगामी अगस्ट मध्यदेखि पदमा नरहने उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले उनको ठाउँमा टेक्सासबाट कंग्रेसमा प्रतिनिधित्व गर्ने जोन र्‍याट्क्लिफलाई नियुक्त गर्ने जानकारी दिएका छन् ।

र्‍याट्क्लिफको नेतृत्वमा देश महानतातर्फ उन्मुख हुने दाबी ट्रम्पले गरेका छन् ।

ट्रम्प र कोट्सबीच रुस र उत्तर कोरियासँगको सम्बन्धलाई लिएर मत विभाजित हुने गरेको थियो ।

गतजनवरीमा राष्ट्रपति ट्रम्पले कोट्स निस्कृय रहेको र उनी सो पदका लागि अनुभवहीन रहेको उल्लेख गरेका छन् ।

इरानका तर्फबाट बढ्दै गएको खतरा आँकलन गर्न नसकेको आरोप उनको थियो ।

कोट्स सन् २०१७ को मार्चदेखि राष्ट्रिय गुप्तचर निकायको प्रमुखका रुपमा रहँदै आएका छन् ।

Post Comment